झापामा फेरि आगलागी, लाखौंको क्षति

झापामा फेरि आगलागी, लाखौंको क्षति

बिर्तामोड : झापाका छुट्टाछुट्टै दुई स्थानमा फेरि आगलागी हुँदा लाखौं रकम बराबरको क्षति भएको छ ।

एउटा घर र धानको कुन्यूमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको बताइएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले घर र कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा ८ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा आगलागी भएको हो ।

बाह्रदर्शीका दर्जीको एकतले घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ भने कचनकवलका जाहित मियाँको २ बिघा सहित साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँको ६ बिघामा लगाइएको धानको कुन्यूमा अचानक आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको पीडितको दावी छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार दर्जीको घरमा विद्युत् सर्ट भई मंगलबार आगलागी भएको थियो । दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गत साता पनि झापामै आगलागीबाट दर्जन बढी घर जलेर करोडौंको क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.