नेपाल–अंग्रेज युद्धको तरबार नगरपालिकालाई

नेपाल–अंग्रेज युद्धको तरबार नगरपालिकालाई

गौर : सन् १८१४–१६ मा भएको नेपाल–अंग्रेज युद्धमा प्रयोग भएको तरबार स्थानीयले नगरपालिकालाई जिम्मा लगाएका छन्। ३१ डिसेम्बर १८१४ को मध्यरातमा रौतहटस्थित समनपुरमा अंग्रेजी फौजसँग युद्ध हुँदा प्रयोग गरिएका हतियार स्थानीयले मेयर श्यामप्रसाद यादव र उपमेयर शुभद्रा गुप्तामार्फत नगरपालिकालाई बुझाएका हुन्। समनपुरबजारकी ९९ वर्षीया पिरितियादेवी राउत र ४५ वर्षीया सुमतियादेवी बनियाले आफ्नो घरमा धेरै पुस्तादेखि रहेको तरबार नगरपालिकालाई जिम्मा लगाएका हुन्।

सञ्चारकर्मी तथा साहित्यकार सञ्जय साह ‘मित्र’ले नेपाल र बेलायतमा लेखिएका ऐतिहासिक दस्ताबेज तथा ग्रन्थमा समनपुरमा अंग्रेज फौज पराजित भएको उल्लेख भएको बताए। समनपुरस्थित पुराना पोखरीमा उत्खनन गरे ऐतिहासिक हातहतियार फेला पर्न सक्ने स्थानीयको भनाइ छ। गढीमाई नपा–१ का वडाध्यक्ष रामविनयकुमार यादवले समनपुरको ऐतिहासिक तथा सांस्कृतिक इतिहासबारे खोज तथा अनुसन्धान गर्नेलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिए।

गौरस्थित इन्द्र बक्स गणका कर्णेल सुजन शाक्यले समनपुरमा फेला परेका तरबार नेपाल–अंग्रेज युद्धको समयमा प्रयोग भएको हुन सक्ने बताए। ऐतिहासिक हतियार फेला पारेको भन्दै नगरपालिकाले राउतलाई दुई हजार रुपैयाँसहित सम्मान पनि गरेको छ। सन् १८१४ डिसेम्बर ३१ र १ जनवरी २०१५ को रात अंग्रेजी फौजले समनपुरमा सेल्टर बनाएर नयाँ वर्ष मनाइरहेका बेला नेपाली फौजले आक्रमण गरी अंग्रेजलाई लखेटेका थिए।

नेपाली फौजले अंग्रेज फौजलाई लखेट्दै भारतको बिहार राज्यको वैशाली जिल्लाको हाजीपुर गंगानदी किनारसम्म पुर्या‍एको इतिहास छ। समनपुरमा कप्तान सर्वजित थापाको नेतृत्वमा १२ सय नेपाली फौज खटाइएको उल्लेख इतिहासमा छ। पर्सा, बारा र रौतहटमा नेपाली फौजको नेतृत्व कर्णेल रणवीर सिंहले गरेको समनपुरको विषयमा खोज तथा अध्ययन गरिरहेका साहित्यकार सञ्जय साह मित्रले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.