विभिन्‍न तरिकामा लेख्‍न सकिन्छ एउटै इमेल एकाउन्टको एड्रेस

विभिन्‍न तरिकामा लेख्‍न सकिन्छ एउटै इमेल एकाउन्टको एड्रेस

काठमाडौं : इमेलमा नयाँ एकाउन्ट खोल्ने क्रममा आफ्नो नाम अन्य एकाउन्टसँग जुधेर समस्यामा परिरहनु भएको छ ? यो हामी सबैले भोगिरहेको विषय हो। त्योभन्दा पनि फरक महत्वपूर्ण कुरा के तपाईलाई थाहाँछ ? तपाईको एउटै जlमेल एकाउन्टको एड्रेस विभिन्न तरिकाबाट लेख्‍न सकिन्छ। जुन कुरालाई हामीले कहिलैपनि प्रयोगमा ल्याएका छैनौं। यो अध्ययन गरिसकेसँगै पक्कै पनि तपाई यो विषयमा सोच्न बाध्य हुनुहुनेछ।

कल्पना गर्नुस त एउटै जिमेल एकाउन्टको एड्रेस कति प्रकारबाट लेख्‍न सकिन्छ होला ? हामीले साधारणतया भन्ने भनेको एक पटक नै हो। तर हैन्, एउटै जिमेल एकाउन्टको एड्रेस धेरै तरिकाबाट लेख्‍न सकिन्छ। जसको उदाहरण तल उल्लेख गरिएको छ।

आफ्नो यूजरनेममा डट (.) राख्नुहोस

तपाईले आफ्नो गुगल इमेल एकाउन्टको युजरनेममा डट(.) लाई प्रयोग गरेर हेर्नुहोस्। किन भने गुगलले डट (.) लाई युजरनेममा हिसाब गर्दैन। जसले गर्दा युजरनेममा डट राखिएको छ भने पनि गुगलले यसलाई एउटै एकाउन्ट मान्दछ। जस्तो : तपाईको इमेल [email protected]  छ र तपाईले यसैसँग मिल्ले गरी कुनै एकाउन्ट खोल्न खोज्नु भयो। त्यसका लागि युजरनेमको बीचमा डट थपे पनि यो गुगलले एउटै एकाउन्टको रुपमा लिन्छ।

[email protected]

[email protected]

[email protected]

[email protected]

हेर्दा यी माथि उल्लेखित इमेल एड्रेस हेर्दा फरक देखिन्छ, तर गुगलले यो सबै एउटै एकाउन्ट हो भनि सबै मेल एकै एकाउन्टमा पठाउँछ।

आफ्नो युजरनेममा शब्द थप्नुहोस्

[email protected]

[email protected]

[email protected]

यसरी आफुलाई आवश्यकअनुसार तपाईले युजरनेममा शब्द पनि थप गर्न सक्नु हुनेछ।

१ र २ ट्रिकलाई एकै साथै प्रयोग गर्न सकिन्छ।

[email protected]

[email protected]

[email protected]

[email protected]

यसरी बनाउँदा तपाईले एउटै नाममा धेरै एकाउन्ट बनाउनु भएको छ। जसबाट फरक फरक एकाउन्ट बनाउनबाट तपाई बच्‍न सक्नु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.