सभामुख कप भलिबल : विभागीय टोलीको विजयी सुरुआत

सभामुख कप भलिबल : विभागीय टोलीको विजयी सुरुआत

इटहरी : इटहरीमा सुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले विजयी सुरुआत गरेका छन्।

बिहीबार भएका खेलमा विभागीय टोली हावी भएका छन्। नेपाल पुलिस क्लबले प्रदेश ३ लाई ३-० को सेटमा पराजित गरेको छ। यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पनि ३-० कै सोझो सेटमा पराजित गर्दै गरेको छ।

यसैगरी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पनि प्रदेश ७ लाई ३-० कै सोझो सेटले पराजित गरेको छ। यस्तै गण्डकी प्रदेशले प्रदेश १ लाई २५-१९, २५-१९, १४-२५, १५-१३ को सेटमा हराउँदै विजयी सुरुआत गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा सुनसरी जिल्ला खेलकुद विकास समितिले सञ्चालन गरिरहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउने सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले २४ इन्चको टेलिभिजन पाउनेछन्। यस्तै उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भरले जनही पाँच हजार रुपैयाँ पाउनेछन्।

सभामुख कपअन्तर्गत नै राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने पोखरामा सञ्चालन हुनेछ। गत वर्ष दुवै विधाको प्रतियोगिता रोल्पाको लिवाङमा भए पनि यस पटक भने छुट्टाछुट्टै स्थानमा आयोजना हुन लागेको हो। महिला प्रतियोगिता माघ १ देखि ५ गतेसम्म पोखरामा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.