शिक्षा प्रणालीमा समस्या हुँदा विदेश पलायन बढ्यो : राष्ट्रपति भण्डारी

शिक्षा प्रणालीमा समस्या हुँदा विदेश पलायन बढ्यो : राष्ट्रपति भण्डारी

विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक पूर्वाधारको कमी, साधन स्रोत अभाव, समयानुकुल पठन पाठनमा समस्या र प्रतिष्पर्धापूर्ण शैक्षिक कार्यक्रम लागु गर्न नसक्दा युवाहरु विदेश पलायन हुने क्रम बढेको बताएकी छन् ।

अध्ययनकै लागि विदेश पलायन हुनेको संख्या बढेका कारण भण्डारीले शैक्षिक केन्द्रहरुलाई साधान स्रोत र पूर्वाधारयुक्त बनाउनु पर्ने सुझाव दिएकी छन् । गुणस्तरीय र प्रतिष्पर्धी पठन पाठनको अभावले मुलुकको शिक्षा प्रणालीमा चुनौती थपिएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

विराटनगरमा बिहीबार पूर्वाञ्चल विश्व विद्यालयको २५ औं वार्षिक उत्सव एवं रजत महोत्सवलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् । नेपालमा शिक्षा प्रणालीमा चुनौती थपिँदा वैदेशिक रोजगारीका नाममा युवा विदेश पलायन हुनु परिरहेको उनले बताइन् ।

‘शैक्षिक केन्द्रहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्न नसकेकै कारण मुलुकको विकास हुन सकिरहेको छैन,’ राष्ट्रपति भण्डारीले भनिन् । साथै उपयुक्त शिक्षा नीति लागू गरेर उच्चतम प्रविधिका साथमा विश्व विद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनताको अपेक्षा पूरा गर्न बहुआयामिक समृद्धिको विषयलाई आधुनिक शिक्षासँग जोड्नुपर्ने बताएका थिए । शिक्षाका माध्यमबाट आम नागरिकलाई शिक्षित गराएर राष्ट्र निर्माणमा लगाउने योजना सरकारले ल्याउने पनि उनको प्रतिवद्धता छ ।

पोखरेलले पारदर्शीता, जवाफदेहिता, निष्पक्षता र जनसहभागितालाई ध्यान दिँदै कुशल नागरिक उत्पादन गर्न आधुनिक शिक्षा प्रणालीलाई सदुपयोग गरिने पनि बताएका छन् ।

साथै शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग जोड्नुपर्ने पनि मन्त्री पोखरेलले बताए ।

राष्ट्रपतिलाई आफैँ पढेको क्याम्पसमा अभिनन्दन
राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनैले पढेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बिहीबार अभिनन्दन गरिएको छ । पूर्व विद्यार्थी र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उनलाई क्याम्पसका तर्फबाट अभिनन्द गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए ।

राष्ट्रपतिलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरिएको थियो । राष्ट्रपति भण्डारीले २०३९ साल देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकाय अन्तरगत स्नातक तहको अध्यन गरेकी थिइन ।

अध्ययनका क्रममा उनी २०४० साल बैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित समेत भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.