विभागीय टोलीको दबदबा
इटहरी : सुनसरीको इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले दबदबा कायम राखेका छन् । शुक्रबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
एपीएफले प्रदेश ५ लाई २६-२४, २६-२४, २५-१५ को सोझो सेटले पराजित गर्यो । यस्तै नेपाल पुलिसले प्रदेश २ लाई २५-९, २५-१८, २५-७ ले पाखा लगायो ।
यसैगरी अर्को खेलमा प्रदेश ५ ले प्रदेश ७ लाई २५-१६, २५-१७, २५-१९ को सोझो सेटमा पराजित गर्यो । यसैगरी शुक्रबार नै भएको अन्तिम खेलमा प्रदेश ३ ले प्रदेश २ लाई २५-२१, २९-२७, २७-२५ ले पराजित गर्यो ।
प्रतियोगिताअन्तर्गत शनिबार पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो क्वार्टरफाइनलमा एपीएफ र कर्णाली प्रदेशबीच खेल हुनेछ । तेस्रो खेल प्रदेश ३ र प्रदेश ४ बीच र चौथो खेल त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ बीच हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई दुई लाख पुरस्कार पाउनेछन् ।