मृत्युको खबर आएको केही घण्टामै जीवित रहेको जानकारी पाएछि..

मृत्युको खबर आएको केही घण्टामै जीवित रहेको जानकारी पाएछि..

राजविराज : राजविराजमा बहराइनमा रहेका परिवारका सदस्यको मृत्यु भएको खबर आएको केही घण्टामै जीवितै रहेको जानकारी आएको छ। 

राजविराज नगरपालिका ६ स्वर्ण टोल निवासी ५५ वर्षीय राजेन्द्र कार्कीको गए राति मस्तिष्कघातका कारण मृत्यु भएको भन्दै परिवारमा रुवाबासी चलेको थियो।

मृत्यु भएको खबर आएपछि परिवार तनावमा परेका बेला उपचार भइरहेको खबर केही घण्टामै फेरि आएको आमा रुक्मिणी केसीले बताइन्। 

काठमाडौंमा बस्ने राजेन्द्रका छोराले बाबुको मृत्यु भएको जानकारी घरमा दिएका थिए। छोरोको मृत्युको खबर आएदेखि खानपिन छाडेकी रुक्मिणीले अहिले साँझ मृत्यु नभएको खबर आएको बताइन्। 

‘काठमाडाँैबाट राति मृत्युको खबर आयो, बिहान पनि त्यस्तै खबर आयो’, धरानबाट रुदै राजविराज आएकी राजेन्द्रकी बहिनी रेखा कुँवरले भनिन्’, मृत्युको खबरले राजविराजस्थित घरमा शनिबार दिउँसोसम्म सबै आफन्तहरु जम्मा भएर काठमाडौंको लागि सवारी साधन पनि रिजर्भ गरिएको थियो। साँझ बहराइनको अस्पतालमा उपचार भइरहेको खबर आएपछि मन केही हलुका भएको छ।’ 

मृत्युको खबर गाउँटोलमा फैलिएपछि बिहान सान्तवना दिन गाउँले उनको घरमा भेला भएका थिए। 

राजेन्द्रका भाइ देवेन्द्र कार्कीले आफूबाटै गलत सूचना प्रवाह भएकोमा गाउँलेहरुसँग क्षमायाचना गरेका छन्। दाजु सकुशल फर्कनु होस् भन्ने कामना गर्दै देबेन्द्रले भने, ‘अब दाजुलाई स्वदेशमै घरपरिवारसँग बस्न जोड दिन्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.