फाल्गुनन्द गोल्डकप : झापाको विजयी सुरुआत

फाल्गुनन्द गोल्डकप : झापाको विजयी सुरुआत

फिदिम : पाँचथर सदरमुकाम फिदिममा दसौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। फिदिम उच्च माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई ३-१ ले हराउँदै झापा-११ ले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा सहज जित निकालेको झापा क्वार्टरफाइनलमा पुगेको छ।

 झापाको जितका लागि देवेन्द्र तामाङ, राजकुमार कन्दङ्वा र कप्तान कर्ण लिम्बूले एकएक गोल गरे।    खेल सुरु भएको पाँचौं मिनेटमै ताप्लेजुङका अनुप सेन्दाङले सुरुआती  गरी टोलीलाई अग्रता दिलाएका थिए ।  २५औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको ताप्लेजुङले दोस्रो हाफमा थप दुई गोल  खायो। झापाका लागि ४७ औं मिनेटमा राजकुमारले गोल गरे भने ५७औं मिनेटमा कप्तान कर्ण लिम्बूले गोल गर्दै फराकिलो अन्तरको जित दिलाए।

ताप्लेजुङका प्रशिक्षक डिके मादेनले खेलमा खेलाडीबीच तालमेल नमिल्नु र नयाँ खेलाडीका कारण टोलीले हार बेहोर्नु परेको बताए। मैदानकै कारण सुरुमा स्कोर गर्न नसके पनि खेलाडीले उच्च मनोबलका साथ खेलेकाले सहज जित निकाल्न सकेको झापाका प्रशिक्षक प्रवेश कटुवालले बताए। ‘पहिलो हाफमा राम्रो खेल्न नसके पनि दोस्रो हाफमा स्कोर गर्न सक्यौं’, कटुवालले भने, ‘खेल रणनीति परिवर्तन गरेपछि सहज जित निकाल्न सम्भव भयोे।’ शनिबारको खेलको म्यान अफ दी म्याच झापाका देवेन्द्र तामाङ भए। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे। झापाले क्वार्टरफाइनलमा एपीएफको सामना गर्नेछ।

आइतबार आयोजक फिदिम स्पोर्टिङ क्लब र मोरङ-११ बीच खेल हुनेछ। प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.