लुम्बिनी आउने पर्यटक बढे

लुम्बिनी आउने पर्यटक बढे

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढेको छ। तेस्रो मुलुक र भारतबाट आउने पर्यटक बढेका छन् भने नेपालीहरु भने घटेका छन्। सन् २०१८ मा १५ लाख ३४ हजार १ सय १० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। भारतीय २४.५७ र तेस्रो मुलुकका १६.५४ प्रतिसतले बढेका छन्। नेपाली भने साढे ६ प्रतिशत घटेका छन्।

सन २०१७ मा लुम्बिनीमा १५ लाख ५२ हजार ५ सय ८६ जना पर्यटक लुम्बिनी आएका थिए। जसमा तेस्रो मुलुकका पर्यटक १ लाख ४५ हजार ७ सय ९६ जना थिए। गत वर्षमा त्यो संख्या बढेर १ लाख ६९ हजार ९ सय ४ पुगेको छ। त्यस्तै भारतीय पर्यटक २०१८ मा १ लाख ९३ हजार ६ सय ३५ आएकोमा अघिल्लो वर्ष २०१७ मा १ लाख ५५ हजार ४ सय ४४ जना लुम्बिनी आएका छन्।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटक मध्ये सबै भन्दा बढी श्रीलंकाका रहेका छन्। श्रीलंकाबाट २०१८ मा ५९ हजार ९ सय ५९ जनाले भ्रमण गरेका छन्। त्यसपछि थाइल्याण्डबाट २६ हजार ६ सय ७७, म्यानमारबाट २५ हजार ३ सय ३३ र चिनबाट १८ हजार ४ सय ६० जनाले भ्रमण गरेका छन्। यी ४ वटै मुलुकका पर्यटक अघिल्लो वर्षको तुलना बढेका छन्। सबै भन्दा बढी १० हजार म्यानमारका पर्यटक बढेका हुन्। भियतनाम, दक्षिण कोरिया, जर्मनी, कोलम्बीया, मलेशीया र फ्रान्स लुम्बिनीमा धेरै पर्यटक आउने मध्ये दशौं स्थानसम्मका तेस्रो मुलुक हुन्।

लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाई भने लम्बिन सकेको छैन। विकास कोषले पर्यटकको बसाई लम्बयाउने बिभिन्न योजना बनाएको छ। ‘लुम्बिनीमै पर्यटक भुलाउने गरी बिभिन्न संरचना बन्दैछन्, विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्तले भने–‘लुम्बिनी आउने पर्यटकलाई तिलौराकोट र रामग्राम पुराउने योजना पनि बनाएका छौ।’

लुम्बिनीमा बुद्धको जीवनी देखाउने आर्ट ग्यालरी निर्माण हुदैछ। जहा रोवर्टको माध्यमबाट बुद्धका जीवनकालमा घटेका महत्वपूर्ण घटनाहरु देखाइनेछ। यसले यहा आउने पर्यटकको बसाई लम्ब्याउने सक्ने अपेक्षा गरिएको छ। कपिलवस्तुका बिभिन्न बौद्ध स्मारक र नवलपरासीको रामग्राम समेत पर्यटक पुराउने योजना बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.