मैकोटमा हिउँ फूलिरहेछ ! (फोटोफिचर)
रुकुम पूर्व : सेतो हिउँ। हिउँमाथि कलिलो घाम। सुन्दरताको कुरै नगरौं। लाग्छ, मैकोट स्वर्गकै टुक्रा हो।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१ मा पर्छ मैकोट गाउँ। आइतबार परेको हिउँदे झरीले रुझाएको मैकोटलाई हिजो राति हिउँले ढपक्क ढाकिदियो। मैकोट मात्र होइन, आसपासका क्षेत्रमा पनि बाक्लो हिउँ पार्यो। प्रत्येक वर्ष यसैगरी पर्ने हिउँ यस बर्ष पनि परेपछि स्थानीय मानिसहरूमा खुसी छाएको छ।
बारीको गहु, जौ र आलु र अन्य हिउँदे बालीलाई ठुलो हिमपातले असर गर्ने भएपनि यत्तिको हिमपातले फाइदा नै गर्ने स्थानीय भरत कुमार पुन बताउछन्। यसरी रातभरी परेको हिउँले विहानपख मौकोट गाउँ सेताम्य देखिएको छ। सोमबार दिउसो जब आकास खुलेर घामको किरण सेतो हिउँ पर्यो तब मैकोट गाउँ बलेको देखियो।
तस्बिरमा हेर्नुस्, सेतो हिउमा सुर्यको चमकमा मैकोट गाउँ :