प्रदेश ५ मा ५२ वटा स्मार्ट कृषि गाउँ बनाइँदै

प्रदेश ५ मा ५२ वटा स्मार्ट कृषि गाउँ बनाइँदै

नेपालगन्ज : प्रदेश ५ सरकारले ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने तयारी गरेको छ ।

प्रदेशमा रहेका १२ जिल्लाका हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा कृषि स्मार्ट गाउँका रुपमा विकास गर्ने बताइएको हो । यस्ता गाउँका कृषि पूर्ण रुपमा आधुनिकीकरण गरिने प्रदेश ५ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

कृषि तथा आर्थिक विकासका विषयमा सञ्चारकर्मीको क्षमता अभिवृद्धि विषयक तीन दिने कार्यशाला गोष्ठी समापनको अवसरमा मन्त्री पौडेलले स्मार्ट गाउँबारे जानकारी दिएकी हुन् ।

मन्त्री पौडेलले भनिन्, ‘५२ वटा निर्वाचन क्षेत्रमा एउटा एउटा गाउँ छनोट गरेर कृषिको नमूना गाउँ बनााइने छ । त्यो स्मार्ट गाउँको कृषि पूरै यान्त्रिकरण हुनेछ । जहाँ विज्ञका ज्ञान र कृषि विषय अध्ययन गर्ने थलो बन्नेछ ।’

खेतीयोग्य जग्गा ठेक्कामा लिएर प्रदेशका भूमिहीनहरुलाई करार खेती गर्न सहयोग गर्ने नीति अवलम्वन गरिने पनि उनको भनाइ छ । ‘एकातिर जग्गा बाँझै छ । जग्गा हुने खेती गर्न नसक्नेहरुको जग्गा ठेक्कामा लिएर खेती गर्न चाहने भूमिहीन किसानलाई करार खेती गर्ने वातावरणका लागि वातावरण बनाइनेछ’, पौडेलले भनिन् ।

प्रदेश सरकारले किसानलाई कृषि उपजको मूल्य निर्धारण गर्दै बिक्री गरी सहकारीमार्फत १२ जिल्लामा एक–एक वटा सहकारी बजार बनाएको छ । बाँके जिल्ला गहुँ, आलु, तरकारी खेतीका लागि उपयुक्त मानिन्छ । बिगतमा यहाँबाट चामल बंगलादेश र श्रीलंकामा समेत निर्यात गरिएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.