नेपाली फिल्ममा दोस्रो पुस्ता

नेपाली फिल्ममा दोस्रो पुस्ता

काठमाडौं : नेपाली फिल्म निर्माण सुरु भएको ५३ वर्ष पुग्दा धमाधम दोस्रो पुस्ता भित्रिन थालेको छ । पहिलो पुस्ताका स्टारका छोराछोरी ग्ल्यामर उद्योगमा प्रवेश गर्न थालेपछि उनीहरूको स्टारडम एकएक चुलिएको छ । छोराछोरीलाई फिल्म उद्योगमा स्थापित गराउन अघिल्लो पुस्ताका केही स्टारले आफैं लगानी गरेर डेब्यु गराउन थालेका छन् ।

लामो समय नेपाली फिल्म उद्योगमा एकछत्र राज गरेका नायक भुवन केसीले छोरा अनमोललाई डेब्यु गराउन आफैं लगानी गरेर फिल्म बनाए । आफैंले अभिनय गरेको पुरानो हिट फिल्म ‘सपना’ को अंग्रेजी नाम ‘ड्रिम्स’ राखेर भुवनले अनमोललाई डेब्यु गराए । अनमोलको जोडीका रूपमा उनले लामो खोजीपछि साम्राज्ञीराज्य लक्ष्मी शाहलाई उद्योगमा भिœयाए । अनमोल र साम्राज्ञी अहिले कलिउडका ‘हाई पेड’ स्टाराका रूपमा स्थापित छन् ।

अनमोल अभिनीत प्रायः सबै फिल्म हिट छन् भने साम्राज्ञी सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चामा रहेकी नेपाली नायिका हुन् । भुवनले अनमोललाई आफ्नै निगरानीमा राखेर काम गराइराखेका छन् । भुवनले आफ्नै लगानीमा निर्माण गरेको अनमोल अभिनीत फिल्म क्याप्टेन प्रदर्शनको तयारीमा छ ।

पछिल्लो समय नायिका झरना थापाले सुपुत्री सुहानालाई आफ्नै निर्देशनमार्फत उद्योगमा डेब्यु गराएकी छन् । छोरीको हिरोइन हुने चाहनालाई उनले आफ्नै लगानीमा फिल्म ‘ए मेरो हजुर–३’ बाट पूरा गर्न लागेकी हुन् । अहिलेका सुपर स्टारसँग छोरीलाई डेब्यु गराउन झरना दम्पतीले अनमोललाई निकै महँगो पारिश्रमिक दिएको चर्चा छ । फिल्मको छायांकन पूरा नहुँदा नै सुहानालाई उद्योगमा स्टारका रूपमा हेर्न थालिएको छ । फिल्ममा अनमोल गायक र सुहाना उनकी फ्यानको भूमिकामा देखिँदैछन् । यो फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउँदै छ । छोरीलाई स्थापित गराउन जोडतोडले लागेकी झरनाले फिल्मको एक गीत अमेरिकामा छायांकन गर्न लागेकी छन् । अहिले झरना सपरिवार अमेरिकामै छिन् भने अनमोल अमेरिका उड्ने तयारीमा छन् ।

नायिका करिश्मा मानन्धरले पनि छोरी कवितालाई फिल्म क्षेत्रमा लाग्ने बाटो खोलिदिएकी छन् । तर भुवन र झरनाले झै उनले कवितालाई आफ्नै ब्यानरबाट डेब्यु गराएकी होइनन् । करिश्माले आफ्नै समकालीन नायक शिव        श्रेष्ठले निर्माण गरेको फिल्मबाट कवितालाई डेब्यु गराएकी हुन् । यही फिल्मबाट नायक शिव        श्रेष्ठले छोरा शक्ति        श्रेष्ठलाई उद्योगमा प्रवेश गराएका छन् । रिलिजको तयारीमा रहेको यो फिल्ममा जमानाका दुई स्टारका छोरा छोरी एकसाथ देखिने भएका छन् ।

जमानाका नायक विश्व बस्नेतले पनि छोरी निरिशा बस्नेतलाई फिल्म उद्योगमा पठाएका छन् । यसैगरी अभिनेता टीका पहारीका छोरा गौरव पहारीले पनि उद्योगमा नायकका रूपमा राम्रो स्थान बनाएका छन् । निर्देशक नारायण पुरीले छोरा संयम पुरीलाई फिल्म उद्योगमा आफ्नो भाग्य आजमाउन पठाएका छन् भने मेकअप आर्टिस्ट विपना बस्नेतले छोरी रिस्तालाई नायिकाको रूपमा हेर्न चाहिन् ।

रिस्ताले अभिनय गरेका फिल्म दर्शकमाझ आइसककेका छन् । यस्तै निर्देशक तथा अभिनेता शोभित बस्नेतले छोरा सलोनलाई नायक बनाएका छन् । सलोन नेपाली फिल्म उद्योगमा बालकलाकार हुँदै नायक बनेका हुन् । सलोन आफ्नै पिताको ब्यानरमा बनेका फिल्ममा भन्दा बाहिरका ब्यानरमा निर्माण भएका फिल्ममा हिट छन् । छोरा चंकी र छोरी ईश्वरीलाई कलाकारका रूपमा उद्योगमा प्रवेश गराएका निर्देशक शम्भु प्रधानले भने त्यो क्रमलाई निरन्तरता दिन चाहेनन् । छोरीलाई केही फिल्ममा नायिका बनाए पनि छोरालाई बाल कलाकारभन्दा माथि उठाएनन् । बलिउडमा स्टार कलाकारको तेस्रो पुस्ता हावी हुन थालेको बेला कलिउडमा भने दोस्रो पुस्ता स्टार बन्ने ध्याउन्नमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.