उधारोमा सुत्केरी !

उधारोमा सुत्केरी !

प्युठान :  झिमरुक गाउँपालिका–१ धनगाडा सौतामारेफेदीकी विपना घर्तीमगरले स्वास्थ्यचौकी पुगेर चार पटक नियमित गर्भजाँच गराइन् । गाउँका महिला स्वास्थ्य स्वयंसेविकाले कम्तीमा चारपटक गर्भजाच गराउनुपर्छ भनेपछि उनी गाउँकै स्वास्थ्यचौकी पुगेकी हुन् । २१ वर्षीया उनले गत कात्तिकमा बांगेमरोठ स्वास्थ्यचौकी पुगेर पहिलो सन्तान छोरा जन्माइन् । स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यातायात खर्च पाइने उनले सुनेकी थिइन् । तर, उनले यातायात खर्च त पाइनन् नै गर्भजाच गराउँदा उत्प्रेरणाबापतको पैसा पनि पाइनन् । ‘पछि दिन्छौँ भन्नुभएको छ’, उनले भनिन्, ‘माघ ३ गते खोप लगाउन जाने हो । त्यसै दिन दिनुहुन्छ कि ? ’

विपनाजस्तै झिमरुक गाउँपालिकाका धेरैजसो सुत्केरीले यातायात र गर्भजाँच बापतको रकम पाएका छैनन् । गत आर्थिक वर्षसम्म गाउँगाउँमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाले रकम बुझ्दै आएका थिए । तर, चालु आर्थिक वर्षको शुरुकै महिनादेखि रकम नआएपछि स्वास्थ्यकर्मीले रकम दिन सकेका छैनन् । कतिपय स्वास्थ्यचौकीले व्यवस्थापन समितिमा भएको रकमबाट सुत्केरीलाई दिने गरे पनि बजेट नुहँदा समस्यामा परेका छन् ।

सोही गाउँपालिका–१ स्थित सौतामारेकी कल्पना केसीले पनि सुत्केरी भएपछि स्वास्थ्यचौकीबाट पैसा नपाएको गुनासो गरिन् । २२ वर्षीया केसीले गत भदौमा स्वास्थ्यचौकी पुगेर सन्तान जन्माएकी थिइन् । स्थानीय १८ वर्षीया कमला जिसी, २० वर्षीया धनकुमारी पुन र २८ वर्षीया पवित्रा जिसीले पनि पैसा नपाएको गुनासो गरे । ‘सुत्केरी हुनेको रेकर्ड राखेका छौँ’, बांगेमरोठ स्वास्थ्यचौकी इन्चार्ज पुनम बिसीले भनिन्, ‘उधारोमा सुत्केरी गराउनुपर्ने बाध्यता छ ।’

सुत्केरी भएपछि घर फर्कदा यातायात बापतको रकम महिलालाई हातमा दिन नसकिएको उनले सुनाइन् । यसवर्ष पाँच जना महिलालाई गर्भजाच र सुत्केरी बापतको रकम दिन नसिकएको उनले जानकारी दिए । उनका अनुसार गतवर्ष २८ जना महिला स्वास्थ्यचौकीमा सुत्केरी भएका थिए । चालु आवको हालसम्म नौ जना सुत्केरी भएको उनले बताइन् ।

झिमरुक गाउँपालिकामा ओखरकोट ढाँड, बादीकोट, तुषारा र तोरबाङमा स्वास्थ्यचौकी सञ्चालनमा छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत कुनै पनि चौकीमा रकम नगएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले जानकारी गराए । ‘रकम निकास भएको छैन’, उनले भने, ‘सुत्केरीलाई यातायातको पैसा दिन सकिएको छैन ।’ योजनामा विनियोजित बजेट खर्च गर्न नसकिने बताउँदै उनले पहिलो चौमासिकसम्म रकम निकासा नआएको उल्लेख गरे ।

स्थानीय तहसँगै जिल्ला स्वास्थ्य कार्यालय हुँदै स्वास्थ्यचौकीमा जाने रकम गाउँ तथा नगरपालिकामा गएको छ । सबै अधिकार गाउँमै गएकाले यस वर्ष आमा सुरक्षाको कार्यक्रम नरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार प्युठान अस्पतालसहित जिल्लाभर ४६ वटा स्वास्थ्यचौकी र तीन वटा सामुदायिक स्वास्थ्यमा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.