झगडा मिलाउन न्यायिक समिति पुगेका दुई पक्षबीच कुटाकुट

झगडा मिलाउन न्यायिक समिति पुगेका दुई पक्षबीच कुटाकुट

बिर्तामोड : न्यायिक समितिमा छलफल भइरहेका बेला झापाको मेचीनगर नगरपालिकामा दुई पक्षबीच कुटाकुट भएको छ । नगरपालिका–६ स्थित तल्लो भानु टोलस्थित अरुणोदय मावि र स्थानीय तोयानाथ चेपाङको जमिनको विवाद मिलाउने क्रममा मंगलबार दिउँसो कुटाकुट भएको हो । 

तोयानाथको पक्षमा छलफलमा सहभागी नयाँ शक्ति पार्टीका झापा अध्यक्ष वीरबहादुर श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुमन थापाले हेल्मेट प्रहार गरेपछि झडप सुरु भएको हो । हेल्मेट प्रहारबाट श्रेष्ठको टाउकोमा चोट लागेको र मुखबाट रगत निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

झडपमा स्थानीय ज्योति तामाङ पनि सामान्य घाइते भएकी छन् । समितिको बैठकमा छलफल चलिरहँदा बाहिर उपस्थित दुई पक्षबीच झडप भएको उपमेयर मीना उप्रेतीले बताइन् । झडपको केही समयमै घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरी पुगेपछि पनि घाइते श्रेष्ठका छोरा सरोज र थापाका भाइ दिवाकर कार्कीबीच हात हालाहाल भएको थियो ।

कुटपिटपछि श्रेष्ठले आफूमाथि आक्रमण गरेको भन्दै थापाविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.