अर्घाखाँची धारापानीका घरघरमा पानीका धारा

अर्घाखाँची धारापानीका घरघरमा पानीका धारा

सन्धिखर्क : खानेपानीको हाहाकार भएको गाउँका घरघरमा धारा बनेपछि अर्घाखाँचीको धारापानीका स्थानीय बासिन्दा हर्षित भएका छन्। प्रत्येक घरमा जोडेका खानेपानीको धाराबाट पानी आउन थालेपछि भूमिकास्थान नगरपालिका- ४ धारापानी फलाम खिल्लीका १ सय १२ घरधुरी खुसी भएका हुन्। 

धारा जडान भएपछि खानेपानीका लागि बिहानै ३ बजे उठेर कुवा र पधेंरा चाहर्नु पर्ने समस्याको अन्त्य भएको छ। धाराबाट नियमित पानी आउन थालेपछि खुसी लागेको स्थानीय ७६ वर्षीय झुमा आलेले बताइन्।उनले भनिन्,' पानी पाउँदा पीरलो हटेको छ।'

भूमिकास्थान नगरपालिका, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको कुल ८४ लाख ७१ हजार ४ सय ३८ रुपैयाँ सहयोगमा भुतकादुला फलाम खिल्ली सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका जिल्ला संयोजक कुशल भुसालले बताए।

फलाम खिल्लीका १ सय १२ घर र १ विद्यालय गरी १ सय १४ वटा धारा निर्माण भएका हुन्। खानेपानीबाट झण्डै ८ सय स्थानीय लाभान्वित भएका छन्। 'खानेपानीको धारा मात्र हैन। खानेपानी सँगसँगै पूर्ण सरसफाईलाई पनि उनीहरुले अगाडी बढाएका छन्। प्रत्येक घर सफा र स्वच्छ छन्। सबैघरमा चर्पीको व्यवस्था छ।घरआँगन सफा छ। भाडा माझ्ने जुठेल्नो र चांग पनि निर्माण भएका छन्,' स्थानीय समाजसेवी झविलाल थापाले बताए। 

खानेपानीको उद्रघाटन भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र परियोजनाका प्राविधिक प्रमुख तेज ओझाले संयुक्त रुपमा गरेका छन्। 

खानेपानीको उद्घाटन गर्दै भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले खानेपानीबाट बञ्चित फलाम खिल्ली बासीलाई योजना सम्पन्न भएपछि ठूलो राहत मिलेको बताए। खानेपानीको समस्या रहेकोले पाँच वर्ष भित्रमा नगरपालिका भित्रका सबै घरधुरीमा एकघर एक धारा बनाउने गरी कार्यक्रम अगाडी बढाएको बताए। खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, आयआर्जनका क्षेत्रमा नगरपालिकाले सम्पूर्ण वडामा सहयोग गर्ने उनले जानकारी दिए।

नगर उपप्रमुख खडानन्द वेल्वासेले पानी बोक्ने कामले महिलालाई समस्या मात्र नभइ रोगी पनि बनाएकाले खानेपानीका धारा बनेपछि महिलालाई पानी बोक्ने बाध्यता हटेको बताए। उनले पानी बोक्ने समयको सदुपयोग गरी कृषि र आयआर्जनमा लाग्ने अवसर मिलेको समेत बताए।

कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका प्राविधिक विषेशज्ञ तेजप्रसाद ओझा, भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याललगायतले मन्तव्य राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.