तीस किलो चरेससहित तीन पक्राउ

तीस किलो चरेससहित तीन पक्राउ

नेपालगञ्ज : बाँकेको कोहलपुरबाट मंगलबार राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीनजनालाई पक्राउ गरेको छ। प्रदेश- ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर-९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका-८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट-१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट-६ का बलबहादुर बुढा रहेका छन्। तीनैजनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.