२ थान भरुवा बन्दुकसहित भोजपुरमा एकजना पक्राउ

२ थान भरुवा बन्दुकसहित भोजपुरमा एकजना पक्राउ

भोजपुर : गैरकानुनी रुपमा भरुवा बन्दुक लुकाएर राख्ने रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका ३१ वर्षीय प्रविण राईलाई प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

राईले घरमा २ थान भरुवा बन्दुक गैरकानुनी रुपमा राखेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले उनलाई नियन्त्रणमा लिएको हो । सादा पोशाकमा खटिएको संयुक्त प्रहरीको टोलीले खानतलाशी गर्ने क्रममा राईको घरमा दुईवटा भरुवा बन्दुक फेला परेको थियो ।

प्रहरीले राईको साथबाट एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले बताएको छ । पक्राउपछि राईलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.