नागार्जुनमा १९ रक रुट

नागार्जुनमा १९ रक रुट

काठमाडौं : उपत्यकानजिक साहसिक खेल ‘रक क्लाङम्बिङ’ खेल्ने १९ वटा रुट निर्माण भएका छन्। पर्यटनव्यवसायी आङपासाङ शेर्पाले शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको प्राकृतिक ढुंगा (पहरा) मा ‘रक क्लाङम्बिङ’ खेल्न १९ रुट निर्माण गरेका हुन्।

१८ वर्षदेखि रक क्लाइम्बिङ बिस्तारको अभियानमा लागेका उनले करिब ३० लाख बढी लगानी गरी रुट बनाएका हुन्। उनका अनुसार, यसका लागि उनी करिब १८ वर्षदेखि खटेका छन्। जहाँ ढुंगालाई खोपेर डोरीमा झुण्डिन मिल्ने गरी सामाग्री जडान गरिएका छन्। निकुञ्जले शेर्पाले गरेको योगदानको कदर गरी प्रशंसा पत्र दिएको छ। ट्रेकिङ गाइड उनले साहसिक खेल पदयात्रा र पर्वतारोहणका लागि नभई नहुने भएकाले ‘रक क्लाङम्बिङ’ बिस्तार मुख्य भएको बताए।

निकुञ्जभित्र भए पनि काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक र रकको उपयुक्त गन्तव्य शिवपुरी नै भएको उनले दाबी गरे। प्राकृतिक ढुंगामा चढ्नुले शारीरिक स्फूर्तिमात्र नभएर मनलाई एकत्रित बनाउने, डर भगाउने भएकाले मानव जीवनमा ‘रक क्लाङम्बिङ’ मुख्य विषय भएको पर्वतारोहण गाइड गेल्जे शेर्पाले बताए। विदेशमा रक (पहरा) नभएर मानवनिर्मित पर्खाल निर्माण गरी यो खेल खेल्ने गरेको तर नेपालमा पर्यटकका लागि ठूलो सम्भावना भएको उनले बताए।

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष कर्णबहादुर घलेका अनुसार, हाल रक क्लाइम्बिङका लागि उचित क्षेत्र नभएको समयमा शेर्पाले १९ वटा रुट निर्माण गरी गाइडहरूलाई तालिम गर्न सहज भएको छ। ओखलढुंगामा जन्मिएका उनले गाउँमा समेत स्थानीय सरकारसँग मिलेर अभियानलाई अघि बढाउने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.