बिलाइहाल्छ हिउँ : उच्च पहाडी क्षेत्रमा यसरी हुँदैछ जलवायु परिवर्तन

बिलाइहाल्छ हिउँ : उच्च पहाडी क्षेत्रमा यसरी हुँदैछ जलवायु परिवर्तन

मुसीकोट : ७३ वर्षका नदिराम खत्रीको रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा बजार र आसपासमा करिब २० वर्ष अघि (२०५५ साल माघ) मा ठूलो हिमपात भएको सम्झन्छन्। त्यसपछि पनि फाटफुट हिमपात भैरह्यो तर २०६३ को माघपछि भने यहाँ हिउँ परेको छैन।

अर्थात् बितेको १२ वर्षयता सदरमुकाममा हिउँ त के तुसारो पनि जम्न छोडेको छ। बजारबाट देखिने वरपरका डाँडामा सेताम्य हिउँ त देखिन्छ तर घाम लाग्नेबित्तिकै त्यो बिलाउँछ।

उच्च पहाडी क्षेत्र मानिएको रुकुम पश्चिमका अग्ला डाडाँमा फाटफुट हिमपात भए पनि यस वर्षको हिउँदे झरीले पनि १२ वर्ष अघि जस्तो हिउँ पार्न सकेन। समुद्री सतहदेखि करिब ८ सय मिटर उचाईमा रहेको चौरजहारी उपत्यकादेखि ३ हजार मिटर उचाईमा रहेका अग्ला डाँडाहरु यस जिल्लामा पर्छन्।

जिल्लाका आठविसकोट नगरपालिकाको स्यालाखदी, गोतामकोट, सेपे धुरी र मेलचौर,  बाँफिकोट गाउँपालिकाको नौ बहिनी लेक र मेलगैरी तथा मुसीकोट नगरपालिकाको जन्ती डाँडा, ठूली दह एवम् त्रिवेणी गाउँपालिकाको दहभागे, खौला आदि ठाउँ नै यस जिल्लाका अग्ला र हिमपात हुने क्षेत्र हुन्। यी स्थानमा यस पटक कतै पातलो हिउँ देखियो भने कतै तुसारो मात्रै जमेको छ। कतै–कतै त हिउँ नै परेन।

क्षणभरमै मौसम परिवर्तन हुने र गर्मीमा अति गर्मी अनि जाडोमा अति जाडो हुने समस्या अब नौलो रहेन। सँगसँगै हिमपातको अनुपात वर्षेनी घट्नुलाई पनि नौलो मान्न छाडेका छन् यहाँ स्थानीयहरूले। यसरी मौसम अनुसार परिवर्तन नदेखिनुलाई जलवायु परिवर्तनको असर हो भन्ने सुनेका सर्वसाधारणले यसका अरु असरहरू के हुन्छन् भन्ने बारे अनविज्ञता प्रकट गर्छन्।

आठविसकोट नगरपालिका १, स्यालाखदीका ५४ वर्षिय बलबहादुर एरीले भन्छन्, ‘पहिले–पहिले घरसम्म नै बाक्लो हिमपात हुन्थ्यो, हिउँदमा पर्ने हिउँले गहुँमा सिँचाईको काम समेत गर्थ्यो, तर पाँच वर्ष जति भयो स्यालाखदीमा हिउँ परेको छैन। बेलामा पानी पनि पर्दैन।’

एरीले यो जलवायु परिवर्तनका कारण भएको हो भन्ने सुनेका छन्। प्रश्न गर्छन्, ‘जलवायु परिवर्तनका कारण यसो भएको भन्ने सुनेको छु। यसो भए यसका अरु पनि त असर होलान् र जोगिन के गर्ने त ?’ एरी जस्तै धेरैको प्रश्न यही हो, तर अहिले गाउँमै आएको भनिएको सिंहदरबार अर्थात् जिल्लाका कुनै पनि स्थानीय सरकारले जलवायु परिवर्तनसँग जुध्न कुनै स्थानीय अनुकुलन योजना बनाएका छैनन्।

यसरी अग्ला डाँडाहरूमा पातलो हिउँ पर्ने र मौसमममा सुधार आउने बित्तिकै हिउँ बिलाइहाल्ने भएकाले पछिल्लो पुस्ताले हिउँको मजा नै लिन पाएको छैन। मुसीकोटका १४ वर्षिय सुधीर खड्का भन्छन्, ‘पहिलो हाम्रो घरसम्म हिउँ परेको फोटो हेर्दा रमाइलो लाग्छ। तर अहिलेसम्म हिउँलाई नजिकबाट देख्न र छुन पाएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.