परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्लीमा, स्वराजसँग भेट्दै

परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्लीमा, स्वराजसँग भेट्दै

नयाँ दिल्ली : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका छन्। दिल्लीमा जारी ‘रायसिना डायलग–२०१९’ मा सहभागी हुन उनी दिल्ली आएका हुन्।

मंगलबार सुरु भएको तीनदिने सम्मेलनको अन्तिम दिनको मन्त्रीस्तरीय सत्रलाई उनले सम्बोधन गर्ने छन्। सम्बोधनअघि ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गर्ने छन्। उनको सम्मानमा स्वराजले आयोजना गरेको दिवाभोजमा उनी सहभागी हुने नयाँ दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मीले बताए।

१ बजे भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग उनले भेट गर्ने छन्। विदेशमन्त्री स्तरीय भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै विगतमा भएका सम्झौताहरू मध्ये कार्यान्वयनमा जान नसकेका विषयहरूमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराउने बुझिएको छ। ‘अन्य राजनीतिक भेटघाटबारे कुराकानी भइरहेको छ तर तय भएको छैन’, उनले भने।

ज्ञवालीले शुक्रबार भारतमा रहेको नेपाली समुदायसँग पनि छलफल गर्ने दूतावासले जानकारी दियो। नेपाली समुदायले उनलाई ज्ञापनपत्र बुझाउने रेग्मीले जानकारी दिए।

बिहीबार नयाँ दिल्लीस्थित विमानस्थलमा ज्ञवालीलाई रेग्मी र भारतीय विदेश मन्त्रालयका सहसचिव सुधारक दलेलाले स्वागत गर्ने छन्।

शुक्रबार साँझ स्वदेश फर्किने ज्ञवाली दूतावासमा नै बस्ने छन्। भारतको भूराजनीतिक र भू–आर्थिक सम्मेलनका रूपमा ४ वर्ष अघिदेखि सुरु सम्मेलनमा गत वर्ष परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी भएका थिए भने त्यसअघि तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत सहभागी भएका थिए।

सम्मेलन भारतीय विदेश मन्त्रालयको सहयोगमा स्वतन्त्र प्रबुद्ध मण्डलहरूको संस्था अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गर्दै आएको छ। ‘नयाँ विश्व व्यवस्था : नयाँ ज्यामिति, तरल साझेदारी तथा अनिश्चित परिणाम’ नारासहितको यस वर्षको सम्मेलनमा ९३ देशका राजनीति, आर्थिक, सामाजिक, सञ्चारलगायत क्षेत्रका विज्ञहरूको सहभागिता हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.