३० किलो चरेश सहित तीनजना पक्राउ
नेपालगन्ज : ३० किलो चरेशसहित नेपालगन्जबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नं. ५ प्रहरी अनुसन्धान व्युरो नेपालगन्जको टोलीले मंगलबार राति ८ बजे कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट सल्यान कुपिन्देह नगरपालिका–८ का ५२ वर्षीय कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का ३८ वर्षीय बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का ५० वर्षीय बलबहादुर बुढालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहका अनुसार पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।