परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

नयाँ दिल्ली : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान दिल्ली आइपुगेका मन्त्री ज्ञवालीले दिउँसो भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्। 

मन्त्री ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन  दिल्ली आइपुगेका हुन्। यस संस्करणको मन्त्री स्तरीय सत्रलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस अघि उनले भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्। 

विदेशमन्त्री स्तरीय भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै विगतमा भएका सम्झौतामध्ये कार्यान्वयनमा जान नसकेका विषयमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराएका छन्। 

शुक्रबार दिल्लीस्थित दूतावासमा मन्त्री ज्ञवालीले नेपाली समुदायसँग भेट गर्दैछन्। नेपाली समुदायले मन्त्री ज्ञवालीसँगको भेटमा समस्याको सूचीसहितको ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। मन्त्री ज्ञवाली शुक्रबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.