फाल्गुनन्द गोल्डकप : दार्जिलिङ सेमिफाइनलमा

फाल्गुनन्द गोल्डकप : दार्जिलिङ सेमिफाइनलमा

फिदिम : दार्जिलिङको रोयल फुटबल क्लब फिदिममा जारी १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ।

फिदिम माविको मैदानमा भएको खेलमा काठमाडौंको ब्वाइज युनियन क्लबलाई २-० गोलले पराजित गर्दै दार्जिलिङ सेमिफाइनल पुगेको हो। दार्जिलिङको जितमा करन राई एक्लैले दुई गोल गरे। खेलको १६औं मिनेटमा सुरुआती गोल गरेका उनले ७४औं मिनेटमा गोल गरेका थिए।

खेल अवधिभर दार्जिलिङले ब्वाइज युनियनलाई दबाबमा राखेको थियो। खेलको म्यान अफ दी म्याच दार्जिलिङका करन राई भए। उनले १० हजार पुरस्कार प्राप्त गरे।

खेलाडीबीच तालमेल नभएकाले हार बेहोर्नु परेको ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले बताए। खेलमा जित निकाल्न सके पनि खेलाडीले पाएका थुप्रै अवसर खेर फालेको दार्जिलिङका प्रशिक्षक सचिन्द्र धिमालले बताए।

दार्जिलिङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। शुक्रबार सरस्वती क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.