विश्वकप डेब्यूटेन्ट जोर्डनमाथि अस्ट्रियाको जित
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को दोस्रो खेलमा डेब्यूटेन्ट जोर्डनमाथि अस्ट्रियाले ३–१ को जित दर्ता गरेको छ। सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलको पहिलो हाफमा अस्ट्रियाले जोर्डनविरुद्ध १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा २ गोल थप्दै अस्ट्रियाले ३ अंक जोड्यो।
खेलको २१ औं मिनेटमा अस्ट्रियाले गोल गरेको हो। अस्ट्रियाका लागि रोमानो स्मिडले गोल गरेका हुन्। उनले लामो दुरीबाट हानेको प्रहार गोल भएको हो।
जोर्डनले पनि ३ वटा सट अन तार्गेट हान्यो तर सबै गोलकिपरले बचाउँदा पहिलो हाफमा जोर्डन १–० ले पछि पर्यो। दोस्रो हाफमा जोर्डनले गोल फर्कायो। खेलको ५० औं मिनेटमा जोर्डनका अलि ओवानले गोल गरेका हुन्। यो गोल अलिका लागि मात्रै नभइ जोर्डनकै लागि खास रह्यो। खेलमा बराबरी मात्रै नभएर यो गोल विश्वकपमा डेब्यू गरेको जोर्डनको लागि डेब्यू गोल रह्यो।
खेलको ७१ औं मिनेटमा अस्ट्रियाले जोर्डनविरुद्ध कर्नरमा आएको बलमा गोल गर्न सफल बन्यो। तर गोल अगाडि अस्ट्रियाका जर्सी नम्बर ५ का खेलाडीको हातमा लाग्दै बल पोष्टभित्र पुग्दा गोललाई भिडियो विश्लेषणमार्फत फाउल दिँदै गोल रद्द गरियो। त्यसको ५ मिनेटपछि अस्ट्रियाको दोस्रो गोल भयो। कर्नरबाट आएको बल जोर्डनका डिफेन्डर याजन अल अरबको ढाडमा लाग्दै गोल भयो। खेलमा १० मिनेटको समय थप गरिएको थियो । अन्तिम समयमा जोर्डनका डिफेन्डरको हातमा लाग्दै बल बाहिरिँदा अस्ट्रियाले पेनाल्टी पायो । खेल ९२ मिनेट सम्म लम्बियो। अन्तिम समयमा अस्ट्रियाका लागि पेनाल्टीमा मार्को अर्नाउटोभिकले गोल गरेका हुन्।
समूह जे को पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको हो। आजको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो। दोस्रो खेलमा नर्वेले इराकलाई ४–१ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस !