लुम्बिनी लायन्सले गर्यो कप्तान रोहितसहित सात खेलाडी रिटेन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि साविक विजेता लुम्बिनी लायन्सले कप्तान रोहित पौडेलसहित ७ खेलाडी रिटेन गरेको छ ।
साविक विजेता लायन्सले रोहित पौडेल, सन्दीप जोरा, शेर मल्ल, तिलक भण्डारी, दिनेश अधिकारी, दिलिप नाथ र अभिषेश गौतमलाई रिटेन गरेको हो। ७ खेलाडीलाई रिटेन गर्दा लुम्बिनीले ५ खेलाडीलाई रिलिज गरेको छ ।
जसमा सुमित महर्जन, दुर्गेश गुप्ता, आदिल खान, विशाल पटेल र समीर अली रहेका छन् । यो लिष्टमा दोस्रो सिजन चोटका कारण खेल्न नपाएका विवेक यादवको नाम पनि समावेश गरिएको छ । योसँगै ८ वटा फ्रेन्चाइज टिमले तेस्रो सिजनको रिलिज र रिटेन लिष्ट सार्वजनिक गरिसकेका हुन् ।
प्रतिक्रिया दिनुहोस !