जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका
सुन्नुहोस्

एटलान्टा : चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुवैले समूह ‘ए’को आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए। बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा नेपाली समयअनुसार ९:४५ बजे यी दुईले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्।

दक्षिण अफ्रिकालाई उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले २–० गोलले पराजित गरेको थियो। यस्तै दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित हासिल गरेको थियो।

यूईएफए छनोटको प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै चेक रिपब्लिकले २० वर्षपछि विश्वकपमा पुनरागमन जनाएको हो। २००६ जर्मनी विश्वकपमा समूह चरणबाट बाहिरिएको चेक रिपब्लिक (चेकिया) स्वतन्त्र राष्ट्र भएयता दोस्रोपटक विश्व फुटबलको महाकुम्भमा सहभागिता 

जनाइरहेको छ। 

यसपाली टोलीले जसरी पनि नकआउट चरण पुग्ने लक्ष्य बोकेको छ। पहिलो खेलमा टोलीले लक्ष्यअनुरुप सुरुवात गरेको थियो। मिरोस्लाभ कौबेकको नेतृत्वमा रहेको टोलीले कप्तान लाडिस्लाभ क्रेज्कीको गोलमार्फत दक्षिण कोरियाविरुद्ध ५९औं मिनेटमा अग्रता लिएको थियो। तर, अन्त्यमा जित कोरियाको भयो। यसबीच मिडफिल्डर थोमस सौसेकको गोलले अफसाइडका कारण मान्यता पाउन सकेन। हारसँगै चेकियाको अपराजित यात्रा सातौं खेलमा आएर टुंगिएको थियो।
यो खेलअघि टोलीले निर्धारित ९० मिनेटमा चार खेल जितेको थियो। बाँकी दुई खेलमा चेकिया पेनाल्टी सुटआउटमा भाग्यशाली रहेको थियो। पछिल्ला चार खेलमा टोली क्लिनसिट राख्न भने असफल भएको थियो। कोरियाविरुद्ध पनि त्यही कथा दोहोरियो।

बिहीबार दक्षिण अफ्रिकालाई हराए चेकियाको आशा जीवितै रहनेछ। टोलीले बढीमा समूहको शीर्ष दुई स्थानका लागि आफ्नो दाबेदारी बनाइरहनेछ र कम्तिमा उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’को बाटो खुल्नेछ। यी दुई टोली अहिलेसम्म एकैपटक अन्तर्राष्ट्रिय मञ्चमा आमने–सामने भएका छन्। १९९७ फिफा कन्फेडेरेसन कपमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो। दक्षिण अफ्रिकाको यो चौथो विश्वकप हो। सन् २०१० मा प्रतियोगितालाई होस्ट गरेको टोली त्यसयता पहिलोपटक सहभागिता जनाइरहेको छ। १६ वर्षअघि पनि टोलीले उद्घाटन खेलमा मेक्सिकोसँग खेलेको थियो। त्यतिबेला टोलीले मेक्सिकोसँग १–१ को बराबरी खेलेको थियो। यसपालीको कथा भने फरक छ। तीन रातो कार्ड देखाइएको खेलमा दक्षिण अफ्रिका सह–आयोजकसामु निरीह बनेको थियो।

मिडफिल्डर स्फेफेलो सिथोले र थेम्बा ज्वाने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। इन्जुरी समयमा मेक्सिन रक्षक सेजार मोन्टेसलाई पनि रातो कार्ड देखाइएको थियो। मुख्य प्रशिक्षक ह्युगो ब्रुजका लागि चिन्ताको विषय यी खेलाडीको विकल्प खोज्नु होइन, जितविहीन यात्रालाई ब्रेक गर्नु हो। पाँच खेल भइसक्यो टोलीले जित्न नसकेको। टोली जब जब हारेको छ, सबैमा दुई गोल खाएको छ।

चेकियाविरुद्ध दक्षिण अफ्रिकालाई एउटै कुराले ‘मोटिभेट’ गरेको छ। त्यो हो विश्वकपमा दक्षिण अफ्रिकाले युरोपियन टोलीसँग भएको पछिल्लो भेटमा जित निकालेको छ। २०२० मा टोलीले फ्रान्सलाई २–१ गोलले हराएको थियो। समूह ‘ए’को अर्को खेलमा शुक्रबार बिहान मेक्सिको र दक्षिण कोरियाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समयअनुसार ६ः४५ बजे हुनेछ। दुवै जितका साथ नकआउट चरण पुग्ने पहिलो टोली बन्ने दाउमा हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.