९ खेलाडीमा सीमित बनेको कतारमाथि क्यानडाको आधा दर्जन गोल, जोनाथन डेविडको ह्याट्रिक

९ खेलाडीमा सीमित बनेको कतारमाथि क्यानडाको आधा दर्जन गोल, जोनाथन डेविडको ह्याट्रिक

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह बी अन्तर्गत भएको चौथो खेलमा क्यानडाले कतारलाई ६-०ले पराजित गरेको छ। भ्यानकुभरमा भएको खेलमा  पहिलो हाफमा क्यानडाले कतार विरुद्ध ३- ० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ३ गोल गर्दै क्यानडाले कतारमाथि उत्कृष्ट जित दर्ता गरेको हो। 

क्यानडाको जितमा जोनाथन डेविडले ह्याट्रिक पूरा गरे जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।

खेलको सुरुवाती समयबाट नै कतार विरुद्ध क्यानडाले दबाब बनायो। खेलको १६ औं मिनेटमा काइल‌ लरिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । सोही अग्रतालाई निरन्तरता दिँदै खेलको २९ औं मिनेटमा जोनाथन डेविडले क्यानडाको लागि दोस्रो गोल गरे। 

पहिलो हाफमा नै कतार १० खेलाडीमा सीमित भयो। खेलको ३३ औं मिनेटमा कतारका डिफेन्डर होमम  अहमदले रातो कार्ड बेहोरे। 

खेलको पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा क्यानडाले तेस्रो गोल गर्यो। क्यानडाको लागि जोनाथन डेविडले व्यक्तिगत दोस्रो र क्यानडाको लागि तेस्रो गोल गरेका हुन्। 

खेलको ५४ औं मिनेटमा कतारका खेलाडी असिम मादिबोले रातो कार्ड खाँदै बाहिरिए। खेलको दोस्रो हाफको सुरुवातमा नै कतार नौ खेलाडीमा सीमित भए उनले क्यानाडाका स्माइल कोनेलाई बल अगाडि बढाउने क्रममा फाउल गर्दा रातो कार्ड बेहोरेका हुन्। जारी विश्वकपमा यो छैटौं रातो कार्ड थियो। 

खेलको ६४ औँ मिनेटमा नथान सलिबाले फ्री किकबाट सिधै गोल गरे। यो क्यानडाको लागि चौथो गोल थियो। गोलपछि उनले खेलको क्रममा घाइते भएका कोनेको जर्सी देखाउँदै सेलिब्रेट पनि गरे। पाँचौं गोल कतारले आत्मघाती गोल मार्फत बेहोर्यो। खेलको ७५ औं मिनेटमा गोल पोस्टभित्र बल क्लियर गर्न बसेका मोहम्मद मानाईको खुट्टामा लाग्दै गोल भयो।

निर्धारित ९० मिनेटमा ९ मिनेटको इन्जुरी समय थप गरिएको थियो। जसको दोस्रो मिनेटमा क्यानडाको लागि जोनाथन डेविडले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा ह्याट्रिक कुरा गर्ने उनी दोस्रो खेलाडी हुन्।कतारमाथि उत्कृष्ट जित दर्ता गर्दै समूह बीमा क्यानाडाले शीर्षस्थान कब्जा गरेको छ।‌

आज भएको पहिलो खेलमा समूह बी अन्तर्गतको तेस्रो खेलमा स्विटजरल्यान्डले बोस्निया एण्ड हर्जगोभिनालाई ४-१ ले हराएको थियो। यो खेलमा पनि बोस्निया एण्ड हर्जगोभिनाका खेलाडी तारिक मुहारेमोभिचले रातो कार्ड बेहोरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.