काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए को खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ।
मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण कोरियालाई हराएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा मेक्सिकोले एक गोल गरेको थियो। मेक्सिकोको जितमा लुइस रोमोले गरेको ५० औं मिनेटको गोल नै निर्णायक भयो।
७६ औं मिनेटमा मेक्सिकोका फरवार्डले गरेको प्रहार दक्षिण कोरियाका गोलकिपरले उत्कृष्ट बचाव गरे।
८५ औं मिनेटमा पुन: मेक्सिकोको प्रहार दक्षिण कोरियाका गोलकिपर ले बचाए। खेलको ८७ औं मिनेटमा दक्षिण कोरियाको प्रहार मेक्सिकोका गोलकिपरले शानदार बचाव गरे।
समूह ए बाट ६ अङ्क जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा पराजित टोली दक्षिण कोरियासँग ३ अङ्क रहेको छ। दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ।
पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो। त्यस्तै दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ले पराजित गरेको थियो।
समूह ए बाट बाँकी तिनैवटा टोलीको अङ्क गणितीय रूपमा नकआउट चरण पुग्ने सम्भावना जीवितै छ। मेक्सिको नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ। सन् २०२२ मा मेक्सिको समूह चरणबाटै बाहिरिएको थियो।
प्रतिक्रिया दिनुहोस !