२०१८ का खराब पासवर्ड

२०१८ का खराब पासवर्ड

तपाईंको फेसबुक तथा इमेलको पासवर्ड के छ ? कतै ‘१२३४५६’ त होइन ? यो बिर्सेर पनि नराख्नु होस्। सन् २०१८ को सबैभन्दा खराब पासवर्डको लिस्टमा यो पहिलो नम्बरमा परेको छ। विगत धेरै वर्षदेखि नै यो पासवर्ड खराब पासवर्डको रूपमा नियमित रूपमा पहिलो नम्बरमै पर्दै आएको छ। सन् २०१७ को लिस्टमा पनि यो पहिलो नम्बरमै थियो।

खराब पासवर्ड अर्थात् खतरा ! तर, यो विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले खासै सोचिरहेका हुँदैनन्। सहज र याद गर्न सकिने पासवर्ड राख्ने क्रममा मानिस पासवर्ड कस्तो र के राख्ने भन्ने विषयमा ध्यान दिँदैनन्।

जसले प्रतिफल व्यक्तिगत जानकारीको चोरी हुने वा ह्याक हुने सम्भावना बढी हुन्छ। कतिपय प्रयोगकर्तामा मेरो डाटा चोरी गरेर चोर्नेले के पाउँछ भन्ने पनि भान छ। तर, त्यो पूर्ण गलत हो। सामाजिक सञ्जालमा हुने हरेक कुराले तपाईंको व्यक्तित्व निर्धारण भइरहेको हुन्छ भने, तपाईंको त्यहाँ गर्ने क्रियाकलापले कतिपय विषयमा असर गर्न सक्छ।

सन् २०१८ मा पनि विश्वभरका धेरै मानिसले खराब र कमजोर पासवर्ड प्रयोग गरेकै कारण आफ्ना जानकारीहरू ह्याक भएका घटना सार्वजनिक भएका छन्। यो वर्ष इन्टरनेट संसारमा विभिन्न किसिमका डेटा ब्रीचदेखि ह्याकिङसम्म घटना सार्वजनिक भए। ती घटनाहरूमा देखिएको समानता प्रयोगकर्ताले प्रयोग गर्ने कमजोर पासवर्ड। यसैैलाई मध्यनजर गर्दै यो वर्षको अन्त्यमा खराब पासवर्डको लिस्ट सार्वजनिक भएको छ। पासवर्ड म्यानेजमेन्ट कम्पनी स्प्लास आईडीले यो वर्षका सय खराब पासवर्डको सूची निकालेको छ जसमा सबैभन्दा पहिलो नम्बरमा ‘१२३४५६’ रहेको उल्लेख भएको छ।

यस्तो सहज किसिमको पासवर्ड प्रयोग गर्दा जसलाई जो कोही सामान्य व्यक्तिले पनि अनुमानको भरमा डाटा चोरी गर्न सक्छ। त्यसैगरी यो सूचीको दोस्रो नम्बरमा ‘पासवर्ड’ भन्ने अंग्रेजी शब्द नै प्रयोग गर्ने गरेको पाइएको छ। खराब पासवर्डको तेस्रो नम्बरमा ‘१२३४५६७८९’ रहेको छ। पासवर्ड म्यानेजमेन्ट कम्पनी स्प्लास आईडीले सार्वजनिक गरेको उक्त खराब पासवर्डको सूचीमा सामान्य रूपमा प्रयोगमा आउने शब्दको बढी प्रयोग भएको देखिन्छ। जसमा ‘एडमिन’ ‘क्वेर्टी’ जस्ता शब्द रहेका छन्। यो वर्ष खराब पासवर्डको सूचीमा नयाँ पासवर्डहरू पनि थप भएको उल्लेख गरिएको छ। थप भएका नयाँ पासवर्डमा अंग्रेजी शब्द ‘प्रिन्सेस’, ‘सनसाइन’, ‘!२३४५६७८’ र ‘डोनाल्ड’ रहेका छन्।

वर्षका १० खराब पासवर्ड

१. १२३४५६

२. पासवर्ड

३. १२३४५६७८

४. क्वेर्टी

५.१२३४५

६. १२३४५६७८९

७. लेटमिइन

८. १२३४५६७

९. फुटबल

१०. आईलभयु


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.