न्याय माग्दै माइती पक्ष

न्याय माग्दै माइती पक्ष

गुलरिया : गुलरिया नगरपालिका–५ स्थित कृष्णसार टोलमा सोमवार राती सुस्मा कुँवर बोहोराको निधन भयो। आफ्नै कोठामा भएको उनको मृत्युले अनेक आशंका उब्जाएको छ। छिमेकीमार्फत् सूचना पाएका प्रहरी तत्काल घटनास्थल पुग्दा एउटा कोठामा सुस्माको विभत्स शव र अर्को कोठामा दुई नावालक छोरा थुनिएका थिए। प्रहरीको घटनास्थल प्रकृति मुचुल्काअनुसार घरको मुख्य ढोकामा चुक्कुल लगाइएको थियो। भित्र अर्को कोठामा ५ र २ बर्षका दुई नावालक छोरा थुनिएका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले दिएको जानकारी घटना भएको कोठामा रोटी र भात यत्रतत्र पोखिएको थिए। घटनास्थलमा झुलको डण्डा, आग्लो, भाँचिएका प्लाष्टिकको कुर्सीका टुक्रा फेला परेका थिए। ‘राती १२ बजेपछि पुगेर हेर्दा महिलाको मृत्यु भइसकेको थियो। घरमा कोही थिएनन्। महिलाको मुख, नाक एवं शरिरका अन्य भागमा चोट देखिएकाले हत्या हुनसक्छ’, मैनालीले भने।

घटनास्थलको प्रारम्भीक मुचुल्का र मृतकको माईती पक्षले दिएको किटानी जाहेरीका आधारमा सुस्माका ३५ बर्षिय फरार श्रीमान् मोहन बोहोरा पक्राउ परेका छन्। प्रहरीका अनुसार आसपासको क्षेत्र घेरा हालेर खोजी गर्ने क्रममा उनी गुलरिया नगरपालिका खैरापुरस्थित राधाकृष्ण चोकबाट पक्राउ परेका हुन्। मोहनसँगै सुस्माका ६८ बर्षिय ससुरा टिकाराम बोहोरा, ५५ बर्षिया सासु दिज्जु बोहोरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सुस्माका श्रीमानले घरायसी विवादमा घटना भएको भन्दै हत्या स्विकार गरेको उपरिक्षक मैनालीले बताए। बोहोरा जबरजंग गण वुटवलस्थित सेनामा कार्यरत सिपाही हुन्। उनलाई कर्तब्य ज्यान मुद्दाअन्र्तगत बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारवाही अघि वढाइएको मैनालीले जानकारी दिए।

सुस्माकी आमा मैया कुँवरले छोरीको निर्मम हत्या गर्नेलाई कडा सजायको माग गरेकी छन्। ‘कहिले काहीँ छोरीको घरमा झगडा हुँदा सम्झाएर पठाउँथें। मेरी छोरीलाई सहन नसकेको भए माईत पठाएको भए हुन्थ्यो, डिभोर्स दिए भइहाल्थ्यो किन हत्या गरियो’, उनले भावविहल हुँदँ भनिन्। सासु, ससुरा र जुवाइँको मिलेमतोमा छोरीको हत्याभएको उनले किटानी जाहेरी दिएकी छन्। मृतककी दिदी अञ्जु कुँवरले बहिनीका दुई छोरालाई सम्पतीमा अधिकारी दिलाई सासु, ससुरा र जुवाइँलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.