बस र कार ठोक्‍किँदा दुई गम्भीर घाइते

बस र कार ठोक्‍किँदा दुई गम्भीर घाइते

बिर्तामोड : झापाको कमल गाउँपालिका-४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार ठोकिँदा कार चालक इलामको फाकफोकथुम गाउँपालिका- १ का २३ वर्षीय अमृत खड्गा र सोही कारमा सवार पाँचथरका भीमबहादुर बुढाथाकी गम्भीर घाइते भएका हुन्। 

घाइतेलाई उपचारका लागि तत्काल लाइफ लाइन अस्पताल दमक लगिएको थियो। दमकमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटना भएका कार, बस र बस चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.