सेनेटरी प्याड बनाउन सिकेपछि विद्यालय नियमित

सेनेटरी प्याड बनाउन सिकेपछि विद्यालय नियमित

अछाम : अछामको साँफेबगर नगरपालिका–३ नौलाकोटकी यज्ञ बिक महिनावारीको समय आएपछि स्कुल ब्यागमा सेनेटरी प्याड बोकेर जान्छिन्। प्याड बनाउने तालिम पाएपछि उनलाई निकै सहज भएको छ। 

‘एक पटकको कुरा हो, नेपाली विषयको पढाइ भइरहेको थियो। त्यत्ति बेला महिनावारी भएँ, कुनै कपडा वा प्याड थिएन। साथीलाई पनि आफ्नो समस्या भन्न सकिनँ। स्कुल बिदा नभएसम्म तीन घण्टा बेन्चमै बसिराखेँ’ यज्ञले सुनाइन्।

‘स्कटमा लागेको रगत कसैले देख्छ कि भनेर हैरान भएँ, स्कुल बिदा हुनासाथ झोलाले स्कटको भाग छोपेर घर आएँ।, त्यो दिन म कहिल्यै बिर्सिदिनँ’ उनले भनिन्। ‘कपडा झोलामा हालेर ल्याउन अप्ठेरो लाग्छ। महंगो बजारको प्याड किन्न सकिँदैन, आफैँले बनाउन थालेदेखि निकै सहज भएको छ।’ अहिले उनी आफ्नो बहिनी भाउजू र आमाको लागि समेत प्याड बनाउन थालेकी छिन्। 

मेल्लेख गाउँपालिका–६ शोड्षाकी डम्मरा बोहराले प्याड बनाउन सिकेपछि विद्यालय पनि नियमित जान थालेकी छिन्। विद्यालयमा महिनावारी भयो भने टाउको वा पेट दुखेको बहाना बनाएर बिच मै पढाई छोडेर घर फर्किनु पर्दैन। महिनावारी हुने पालो आएपछि उनी स्कुल ब्यागमै प्याड बोकेर लग्ने गर्छिन्।

‘महिनावारी भएका बेलाको रगत फोहर भन्दै फोहरका लागि फोहर लुगा नै प्रयोग गर्थेँ, अहिले आएर थाहा भयो, फोहर लुगा लगाएमा पेट दुख्ने र अन्य समस्या हुने रहेछ’ डम्बराले भनिन्। 

‘आजभोली आफैँले सफा कपडाले बनाएको प्याड प्रयोग गर्छौं।’उनले पहिले महिनावारीका विषयमा भन्न लाज लाग्ने तर अब खुलेरै भन्न सक्ने बताइन्। 

गाउँमा उनी जस्ता धेरै किशोरीहरुले सेनेटरी प्याड बनाउन सिकेका छन्। नसिकेकालाई अरुले सिकाउने गरेका छन्। अछामका ग्रामीण क्षेत्रका किशोरीहरुलाई विभिन्न संघ संस्थाले सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिकाका बारेमा तालिम दिएका थिए। 

महिनावारीका कारण विद्यालयमा अध्ययनरत छात्राले पढाइ छाड्ने दर बढेको र उनीहरूको सिकाइस्तर पनि खस्किँदै गएको थियो। प्याड बनाउन सिकाएपछि पढाइमा निकै सुधार भएको शिक्षिकका मधु कुवँरले बताइन्। 

उनले भनिन् ‘किशोरीका स्वास्थ्य प्रवर्धनका लागि जीवन उपयोगी सीप जरुरी रहेकाले समूहले यस्तो तालिम सबै किशोरीहरुलाई दिन आवश्यक छ।’

छाउपडी कुप्रथा अन्त्यका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् तर पछिल्लो समय प्याड बनाउने तालिम नयाँ भएको मेल्लेख गाउँपालिका– ३ ठाँटी स्वास्थ चौकीकी अनमी राधिका शाहले बताइन्। ‘बजारमा पाइने प्याड वैज्ञानिक तरिकाले उत्पादन गरिएकाले स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुन्छन् तर ती सधैँ व्यवहारिक नहुन पनि सक्छन्। सबैको पहुँचमा नहुन पनि सक्छ’ उनले भनिन।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.