मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

राजविराज : सप्तरीको विष्णपुर गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीमा कार्यरत एकजनाको मृत्यु भएको छ ।

दुर्घटनापछि घाइते सशस्त्र प्रहरीका परिचर राजविराज–१६ बोरिया निबासी ३० वर्षीय सरोज यादवको उपचारको क्रममा मृत्यु भएको हो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए ।

बिरामी भएकी आमाको उपचार खर्चको खोजीमा विदा लिएर राजविराज आएका सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार रहेको को. ४ प १७७ नम्बरको मोटरसाइकल बिष्णुपुर गाउँपालिका–६ स्थित कुनौली सडकमा दुर्घटना भएको हो ।

गत राति साढे सात बजे मोटरसाइकल दुर्घटनामा परेपछि निर्माणाधिन कुनौली–राजविराज सडकखण्डको कल्भर्ट पुलमा ठोक्किएर उनको छातीमा गम्भीर चोट लागेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.