९ करोडको सखरखण्ड आयात

९ करोडको सखरखण्ड आयात

बुटवल : माघे संक्रान्तिका लागि बुटवलमा मात्रै करिब नौ करोडको सखरखण्ड आयात भएको छ । बुटवल कृषि उपज तथा थोकबजार केन्द्रमा माघे संक्रान्तिलाई लक्ष्य गरी पुस २५ गतेबाट सख्खरखण्ड र तरुलको कारोबार हुन थालेको हो । यो पटक कृषि उपजमा दुई हजार टन सख्खरखण्ड भारतबाट आयात भएको छ ।

नेपालमा उत्पादित सख्खरखण्ड थोकबजारमा नभएको केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताए । ‘स्वदेशी उत्पादनको सख्खरखण्ड ठूलो एकादशीमै खपत भयो । केही त्यसपछि बिक्री भयो’, उनले भने, ‘माघे संक्रान्तिको लागि नेपाली उत्पादन छैन ।’ कृषि उपज तथा थोकबजारमा सख्खरखण्डको मूल्य ४० देखि ५० रुपैयाँमा बिक्री हुन्छ ।

कृषि उपज केन्द्रमा स्वदेशी सख्खरखण्ड नभए पनि बाहिर हाटबजार, ठेलामा भने बिक्री गरिएको छ । ट्राफिकचोकमा ठेला राखेकी लक्ष्मी खड्काले भनिन्, ‘भारतको उत्पादनसँगै चितवनबाट आएको सख्खरखण्ड बिक्री भइरहेको छ ।’ कृषि थोकबजारमा बिक्री हुने सख्खरखण्ड भारतीय उत्पादन भए पनि तरुल भने स्वदेशी उत्पादन नै हो । यसपटक ७० देखि ८० टन तरुल थोक बजार केन्द्रमार्फत कारोबार भएको कृषि उपज केन्द्रका अध्यक्ष पन्थीले बताए । पाल्पाको तरुल बढीमात्रामा आएको छ ।

थोक बजार केन्द्रमा रहेका व्यापारी मोलाह सैजादले बिक्रीका लागि १५ क्विन्टल तरुल र २० क्विन्टल सख्खर खण्ड राखेका छन् । ‘यो साल अलि कम बिक्री भएको छ’, उनले भने, ‘अघिल्लो दिनसम्म सख्खरखण्ड १० क्विन्टल बिक्री भयो १० क्विन्टल बचेछ । तरुल पनि आधाजसो मात्र बिक्री भएको छ ।’ केही संक्रान्तिका दिनसम्म बिक्री होला भन्ने उनमा आशा छ ।

सक्रान्तिको अघिल्लो दिन थोकबजार बाहिर खुद्रा बजारमा तरुल र सख्खरखण्ड किनमेल भइरहेको थियो । हप्ताको एक दिन सोमबार बुटवलका मुख्य बजार क्षेत्रका पसलहरु बन्द भए पनि ट्राफिकचोक, बीपीचोकलगायत क्षेत्रका सडकमा भने माघे संक्रान्तीको लागि किनमेल चलिरहेको थियो । सडक पेटी तथा ठेलामा तरुल, सखरखण्डको चाङ थियो ।

बुटवल ट्राफिकचोकबाट बीपीचोकतर्फ जाने सडकमा लक्ष्मी खड्काले ठेलामा माघे संक्रान्तिका लागि कन्दमुल राखेकी थिइन् । सख्खरखण्ड सय रुपैयाँको डेढ किलो, पिंडालु ८० रुपैयाँ किलो, बन तरुल तीन सय र रातो तरुल दुई सय रुपैयाँमा बिक्री हुन्छ । तर विगतमा जस्तो ब्यापार नभएको उनीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.