झापा माई नदीमा मकर संक्रान्ति मेला (फोटो फिचर)
बिर्तामोड : झापाको कनकाईमाई नदीमा मंगलबार बिहानैदिख मकर स्नान गर्ने भक्तजनको घुइँचाे लागेको छ। कनकाईमाई नदी किनारमा तीन दिनसम्म लाग्ने मेला भर्न र मकर स्नानका लागि माघ १ गते ठूलो सङ्ख्यामा भक्तजन कनकाईमाईमा आउने गरेका छन्।
माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यहाँ स्नान गर्न नेपालका वभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशबाट समेत हजारौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन्।
मंगलबार बिहान ४ बजेबाट नै पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको माई किनारमा नुहाउने र पूजा गर्नेको भीड सुरु भएको छ। माघ १ गते भक्तजनको घुइँचो बढी हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भिमप्रसाद ढकालले बताए।
प्रतिक्रिया दिनुहोस !
१