कर्मचारीलाई ‘ब्याच’ अनिवार्य

कर्मचारीलाई ‘ब्याच’ अनिवार्य

भैरहवा : रूपन्देही जिल्ला प्रशासनका कर्मचारीले अनिवार्य रूपमा ‘ब्याच’ नामप्लेट लगाउने भएका छन्। कर्मचारीको पहिचानले सेवाग्राहीलाई सहज हुने विश्वासका साथ ब्याचको व्यवस्था गरिएको हो। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले माघमा कर्मचारीहरूलाई पोसाकको अतिरिक्त अनिवार्य रूपमा छातीमा नामसहितको ब्याच लगाएर सेवा दिने व्यवस्था कायम गरेका छन्।

‘कर्मचारी पहिचानका लागि परिचयपत्र त हुन्छ तर ब्याच हुँदा निकै सहज रूपमा पहिचान हुने हुँदा हामीले यो कामको सुरुवात गरेका हौं’, प्रजिअ रानामगरले अन्नपूर्ण पोस्ट्सँग भने। सुशासनलाई प्रबन्धन गर्ने विषयमा महत्त्वपूर्ण हुनाले यसको सुरुवात गरेको उनले बताए। ब्याचमा उल्लिखित विवरणले कर्मचारीको सहज परिचय दिने हुदाँ कोही कर्मचारीको कामबाट सेवाग्राही असन्तुष्ट भए गुनासो गर्न सहज हुने उनले बताए।

अभियानअन्तर्गत यसअघि प्रत्येक दिन जारी भएका नागरिकता संख्या, सम्बन्धित व्यक्तिको नाम र ठेगाना वेभसाइटमा राख्ने र नागरिकताको अनुसूची फारम स्क्यान गरेर कम्पुयटर राख्ने कामको सुरुवात भएको थियो। यस्तै प्रशसान कार्यालयमा बिहान राष्ट्रगानपछि मात्र कार्यालयको सेवा प्रवाह हुने गरेको छ। यसले कर्मचारी र सेवाग्राहीमा राष्ट्रियताको भाव बढ्ने प्रजिअ रानामगरले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.