निर्मात्री नायिका

निर्मात्री नायिका

काठमाडौं : नेपाली रजतपटमा आकर्षक कमाइ गरिरहेका नायिकाहरू एकपछि अर्को गर्दै निर्माता बन्न थालेका छन्। अरूको ब्यानरमा काम गरेर राम्रो पारिश्रमिक पाइरहेका उनीहरू आफैं लगानी गरेर व्यवसायी बन्ने बाटो पहिल्याउन लागेका हुन्।

छोटो समयमा लोकप्रिय बनेकी अभिनेत्री प्रियंका कार्कीले पनि आफू निर्माता बन्न लागेको खुलासा गरेकी छन्। आफू अभिनीत फिल्म ‘अनागत’को एक कार्यक्रममा उनले आफू फिल्म निर्माणमा प्रवेश गर्न लागेको बताएकी हुन्। उनको यो अनटाइटल प्रोजेक्ट अर्को वर्ष मैदानमा जानेछ। अहिले कथामाथि काम भइरहेको प्रियंकाले बताइन्। प्रियंकाले निर्माण गर्ने फिल्मको निर्देशन साम्तेन भुटियाले गर्ने बताइएको छ। ‘तान्द्रो’, ‘लेटर’, ‘साढे सात’ लगायतका फिल्म निर्देशन गरेका साम्तेन अहिले ‘अनागत’ मा व्यस्त छन्। उनले भनिन्, ‘हामी सहकार्य गर्दैछौं। अहिले कथामा काम भइरहेको छ। उसले सुनाएको कन्सेप्ट मन परेका कारण फिल्म बनाउन तयार भएको हुँ।’

नाइँ नभन्नु ल फेम नायिका ऋचासिंह ठकुरीले पनि एउट फिल्म निर्माण गरेकी छन् ‘सुपर गोर्खे’। ऋचाको फिल्म राज थापाले निर्देशन गरेका हुन्। अविर हाउस प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्ममा ऋचा सिंहसँगै सुरजसिंह ठकुरी, नीराजन लुइँटेल, भूपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय छ। विवाहपछि ऋचाको यो कमब्याक फिल्म हो।

यस्तै अभिनेत्री केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’ मार्फत अभिनेत्री बनेकी हुन्। आफैं लिड रोलमा रहेकी केकीको फिल्ममा उनकै समकक्षी नायिकाले अभिनय छ। ‘कोहलपुर एक्सप्रेस’लाई म्युजिक भिडियोका व्यस्त निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन्। ‘कोहलपुर एक्सप्रेस’ मा केकी अधिकारीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ (हैट), रवीन्द्र झा, सुजन कार्की र कुसाग्र भट्टराईलगायत कलाकारको अभिनय छ। फिल्म शान बस्न्यातले लेखेका हुन् भने राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बाँस्कोटाको संगीत छ।

अर्की अभिनेत्री ऋचा शर्मा पनि ‘सुनकेशरी’ मार्फत निर्माता बनेकी हुन्। उनले सुनकेशरी प्रदर्शनमा आएसँगै यसको सिक्वेल ‘सुनकेशरी–२’ निर्माण गर्ने घोषणा पनि उनले गरेकी छन्। हरर जनराको फिल्म अर्पण थापाको निर्देशनमा बनेको हो। सुनकेशरीमा ऋचाका साथमा सन्नी ढकाल, रवीन्द्र झा, भीम न्यौपाने, अस्टे«लियन अभिनेत्री लरेन लोर्फवर्गलगायतले अभिनय गरेका छन् । सुनकेशरीको छायांकन अस्ट्रेलियामा गरिएको हो।

वर्तमानलाई भन्दा पनि भविष्यलाई मध्यनजर गर्दै नेपाली नायिकाहरू अहिले निर्माणतर्फ लागेका हुन्। सुन्दरता रहुञ्जेल मात्रै काम पाइने हुनाले नायिकाहरू पछिल्लो समयमा बढी सचेत हुन थालेका छन्। एकताका एकछत्र राज गरेका अभिनेत्रीहरू झरना थापा तथा रेखा थापा अहिले निरन्तर फिल्म मेकिङमा छन्।

उनीहरूले निर्माणमा मात्र नभएर निर्देशनमा पनि हात हालेका छन्। यही पंक्तिमा छिन् दीपा श्री निरौला। अर्की नायिका शिल्पा पोख्रेल पनि सिनेमा मंगलम्बाट निर्मात्री बनेकी छन्। नोभेम्बर रेन अभिनेत्री छुल्ठिमले पनि सिनेमा डायरी बनाइसकेकी छन्। यस्तै अर्की अभिनेत्री निशा अधिकारी पनि निर्माणको बाटोमा लागेकी छन्। कमेडी जनरामा उनले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ को निर्देशन सिमोस सुनुवारले गरेका छन्। नायिका करिश्मा मानन्धर भने केही वर्षअघि नै निर्माणको बाटो समातेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.