पथलैया–वीरगन्ज व्यापारिक मार्गको सम्झौता सकियो, काम सकिएन

पथलैया–वीरगन्ज व्यापारिक मार्गको सम्झौता सकियो, काम सकिएन

सिमरा : पथलैयादेखि पर्साको वीरगन्जस्थित सिर्सिया सुखा बन्दरगाहसम्मको ३०.६८ किलोमिटर लम्बाईको सडक तीस महिनामा सम्पन्न गर्ने सम्झौता भएको  थियो। सो सम्झौताको समय यसै शनिबार सकिएको छ। समय सकिँदासम्म काम भने ५० प्रतिशत मात्रै भएको देखिन्छ। 

बाराको पथलैयामा रहेको व्यापारिक मार्ग आयोजनाको कार्यालयले तीस महिनामा निर्माणको काम अझै ५० प्रतिशत बाँकी रहेको जानकारी दिएको छ। कार्यलयका ईन्जिनियर अशोक यादवले सडकक्षेत्रमा बनाइएका घरटहरा स्थानीयले समयमै नभत्काएको, वन क्षेत्रको रुख कटानीका लागि मन्त्रालयबाट समयमै आदेश नपाएको र केही स्थानमा ठेकेदार कम्पनीको लापरवाहीले निर्माणको काम सन्तोषजनक नजिता नदेखिएको बताएका छन्। 

 

आयोजनाले यो मार्गलाई सात प्याकेजमा विभाजन गर्दै विभिन्न ठेकेदार कम्पनीसँग २०७३ असार २९ गते ३० महिनामा सक्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार काम सम्पन्न नभएपछि आयोजनाले ठेकेदार कम्पनीलाई निर्माणको समय नौ महिना थप गरेको छ। थपिएको समयअनुसार ६ महिनामा  ८० प्रतिशत  र नौ महिनामा निर्माणको सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.