वाइडबडीबारे कांग्रेसमा पनि छलफल भयो, दोषीलाई कारवाही होस् : नेता सिटौला

वाइडबडीबारे कांग्रेसमा पनि छलफल भयो, दोषीलाई कारवाही होस् : नेता सिटौला

बिर्तामोड : नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले संविधान र जनमतले दिएको अधिकारलाई बेवास्ता गरको बताएका छन् ।

पछिल्लो समय सरकार बलियो, राष्ट्र कमजोर हुन पुगेको भन्दै सरकार विरुद्ध कांग्रेस सडक संघर्ष सुरु गर्ने तयारीमा लागेको चेतावनी समेत दिएका छन् ।

बुधबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले संविधान भित्रैबाट पनि जनतालाई धेरै उपलब्धि दिन सरकारले आनाकानी गरेको, सत्तारुढ दलका नेता बलिया तर जनतालाई कमजोर बनाएको आरोप लागाउँदै सरकारको अलोकप्रियताको फाईदा परिवर्तन नचाहनेले उठाउन थालेको बताए ।

तर कांग्रेसको चिन्ता परिवर्तनको सुरक्षा, देश र जनाता बलियो बनाउने भएको सिटौलाको जिकिर छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले देशले भेगिरहेको समस्याको आत्मासमिक्षा गर्न पनि आग्रह गरेका छन् ।

‘म प्रधानमन्त्री ओलीलाई उनकै गृह जिल्लाबाट आग्रह गर्छु कि, एकपटक सरकारको कामको विषयमा आत्मासमिक्षा गरोस्, आफूले गरेको मात्रै नभइ सरकारका अन्य मन्त्रीले गरेको कामको पनि मुल्याङ्कन गर्नुस् ।'

नेता सिटौलाले आफू पश्चिम दार्चुलादेखि झापा सम्मका सबै जिल्ला डुलेको र नागरिकसँग साक्षत्कार गर्दा संघीयताको प्रयोग गर्न अझै पनि प्रदेश र स्थानीय सरकार असफल भइरहेको बताए ।

‘प्रदेशमा मन्त्री र कर्मचारीको बेमेल छ, स्थानीय तहको हालत त्यस्तै छ, केन्द्र सरकारले अभिभावकत्व ग्रहण गर्न सकेको छैन, स्थानीय तह जथाभावी शिक्षक नियुक्ति गर्न तल्लिन देखिन्छन्, सरकारले समिक्षा समेत गरेको देखिँदैन,’ नेता सिटौलाले भने ।
यस्तै कांग्रेस अहिले संसददेखि सडकसम्म जनमत तयार गरेर राष्ट्रिय जागरण अभियान स्वरुप सरकारका बिरुद्ध संघर्ष सुरु गर्ने तयारीमा लागेको सिटौलाले चेतावनी दिए ।

नेता सिटौलाले वाइडबडी जहाज प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि संलग्न रहेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै भने, ‘संलग्नलाई पहिचान गरेर कारवाही गर्नुपर्ने पक्षमा पहिलेदेखि नै कांग्रेस थियो, यो विषयमा महासमितिमा पनि छलफल भएको र गल्ती भएकालाई कारवाही होस् भन्ने कांग्रेसको बिचार अहिले पनि दायाँ बाँया छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.