योगेशको आरोप : डा. केसीलाई अराजक समूहले उचाले

योगेशको आरोप : डा. केसीलाई अराजक समूहले उचाले

बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा. गोविन्द केसीलाई विधेयक अध्ययन गरेर अनशन तोड्न सुझाव दिएका छन् । झापाको बिर्तामोडमा बिहीबार बिहान  पत्रकारसँग कुरा गर्दै विधेयकबाट डा. केसीका अधिकांश माग पूरा भएको दाबी गर्दै अध्ययन नगरी अनशन बस्नुको कुनै तुक नभएको बताएका हुन् । 

‘विधेयक संसद्मा पस्तुत गरिरहँदा केसी इलाम आए छन्’, भट्टराईले भने, ‘अध्ययन गर्न पनि पाएनन् कि क्या हो, म एक पटक राम्ररी अध्ययन गर्न केसीलाई सुझाव दिन्छु ।’ 

भट्टराईले आफू बुधवार इलाम पुगेर त्यहाँको इन्टरनेट स्लो भएको थाहा पाएको बताउँदै व्यङ्ग्यात्मक शैलीमा भने, इलाममा इन्टरनेट स्लो रहेछ, संसद्मा प्रस्तुत विधेयकमा के लेखेको छ, केलाएर पढ्न केसीले नसकेका पनि हुन सक्छन् ।’

उनले केसीको सबै माग पुरा भइसकेको अवस्थामा सरकारले पुन उनीसँग वार्ता गर्नुको कुनै कारण नै नभएको बताए । ‘अब माग के हो भनेर वार्ता गर्नुपर्छ भन्ने पनि छैन, तर केसीको ज्यान भने सरकारले जसरी पनि जोगाउँछ’, उनले भने, ‘केसीले बढी ढिट कस्नु राम्रो होइन ।’ 

अहिले संसद्मा सबैभन्दा बढी चर्चा केसी र उनको अनसनको उठ्ने गरेको बताउँदै उनले केसीलाई अनावश्यकरुपमा अराजक समूहले उचालेको आरोप समेत लगाए । ‘म सुरुकै अनसनदेखि उनको विपक्षमा थिएँ, केही माग सही भए पनि, उनको सबै माग र बिचार अनि प्रयोग हुने बानी ठिक छैन’, उनले भने, ‘मेरो उनीसँग पटक पटक अनशनस्थलमै विवादसमेत भएको छ ।’

कतिपय मान्छेलाई डा. केसी पाइला राख्ने बित्तिकै भूमि पवित्र हुन्छ भन्ने भ्रम रहेको बताएका भट्टराईले केसी नेकपा सरकारमा हुँदा पनि नहुँदा पनि नेकपाप्रति नकारात्मक हुनुको अर्थ जो कोहीले सजिलै काँग्रेसको कार्यकर्ताका रूपमा चिनेको बताए । केसीले चुनावको समयमा काँग्रेसको चार तारे झन्डा बोकेर दौडिएको दोहो¥याउँदै भट्टराईले गलत कुरामा प्रयोग नगर्न काँग्रेसलाई सुझाव समेत दिए । 

उनले चिकित्सा शिक्षा विधेयकमा उल्लेख चिकित्सा विश्वविद्यालय डा. केसीले नै माग गरेको तर अहिले आएर उनले आफूले भन्दै नभनेको कुरा विधेयकमा उल्लेख गरेको बताउनु केसीको मानसिक रोगको सुरुवात भएको सङ्केतसमेत गरे । 

उनले शिक्षण अस्पतालका सम्बन्धमा भने, ‘डा. केसीको मोडलमा जाने हो भने नेपालमा अझ १०–१५ वर्ष नयाँ मेडिकल कजेल खुल्दैनन् । कुनै एक व्यवसायीले सबै पूर्वाधार पूरा गरेर मेडिकल कलेज खोल्छु भन्यो भने त्यो हामीले किन रोक्ने ?’ 

विधेयकको प्रस्तावनामा केदारभक्त माथेमाको नाम उल्लेख नगरेकामा पनि डा. केसीको आपत्ति छ । तर प्रस्तावना समग्रताको रूप भएकाले सबैको भावना समेटिएकाले नाम उल्लेख गर्नु नपर्ने नेता भट्टराईको तर्क छ । 

विभिन्न देशमा भएका गतिविधिको उदाहरण दिँदै भट्टराईले सरकारले गरेका कतिपय निर्णय संसद्ले उल्ट्याउन सक्ने बताए । तर, उनले चिकित्सा शिक्षा विधेयक सांसदबाट पारित हुने जानकारी दिँदै केसीको माग, केसीको माग भन्ने जमाना अब अन्त्य भएको दाबी गरे । 

पार्टी विवाद नमिल्नु दुःखद

नेता भट्टराईले पार्टी एकताको विषयमा बोल्दै एकता भएको भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न नसक्नु दुखद भएको बताएका छन् । 

उनले स्थायी समितिले सङ्गठन एकतासम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदलमा आफू पनि रहेको र कार्यदलकै नियमित बैठक बस्न नसकेकाले समय अलि पर सरेको बताए । ‘केही बैठक भएका छन्, छलफल पनि चलिरहेको छ’, उनले भने, ‘व्यस्तताका कारण सबै काम सकिएको छैन ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.