रुस्लान सिमरा गोल्डकप : आयोजकको विजयी सुरुवात

रुस्लान सिमरा गोल्डकप : आयोजकको विजयी सुरुवात

रुस्लान सिमरा गोल्डकप ः आयोजकको बिजयी सुरुवात

दिवाकर भण्डारी
सिमरा ः मकवानपुर ११ माथी सहज जीत हात पार्दै आयोजक नव जनजागृति युवा क्लबले रुस्लान दशौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ ।

सिमरा रंगशालामा बिहिवार भएको उद्घाटन खेलमा आयोजकले मकवानपुरलाई ३–० ले पराजित गरेको हो । आयोजकको जीतमा निरज थापामगरले दुई र प्रज्वल थापामगरले एक गोल गरे । 

युवा खेलाडीले भरिएको आयोजक खेलको सुरुवातदेखीनै मकवानपुरमाथी हाबी देखिएको थियो । आफैले सञ्चालन गरेको सिमरा एकेडेमीका खेलाडीलाई उतारेको जनजागृतिले तीनै गोल दोस्रो हाफमा गरेको थियो । 

निर्धारित ८० मिनेटको खेलको पहिलो हाफमा पाएको थुप्रै अवसर सदुपयोग गर्न नसक्दा आयोजकले गोलको खाता खोल्न दोस्रो हाफसम्म पर्खनुप¥यो । खेलको ४६औं मिनेटमा आयोजकका निरज थापामगरले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुरज ठकुरीले प्रहार गरेको फ्रिकिक बल क्रस बारमा लागेर रिबाउण्ड भएपछि निरजले त्यसलाई सदुपयोग गर्दै जाली चुमाएका थिए । 

पहिलो हाफमा तालमेल मिलाउने प्रयास गरेको मकवानपुरले दोस्रो हाफमा लय गुमाउन पुग्यो । मकवानपुरले दोस्रो हाफमा आयोजकलाई नियन्त्रणमा राख्न सकेन् । आक्रामक खेल खेल्दै आयोजकले खेलको ६० औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । मकवानपुरको रक्षापंक्ती सम्हालिन नसक्दा आयोजकका प्रज्वल थापामगरले डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै खेल २–० को स्थितीमा पुर्याएका थिए । 

गोलअन्तर दोब्बर पारेपछि आयोजक खेलको अन्तिम समयमा झन आक्रामक बन्यो । आयोजकले खेलको ७१ औं मिनेटमा तेस्रो गोल गर्दै गोलअन्तर फराकिलो पार्यो । मोहित गुरुङको कर्नर बलमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै खेल ३–१ को स्थितीमा पु¥याए । निरज खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार प्राप्त गरे । 

दोस्रो हाफको अन्तिम समयमा मकवानपुरका राजेश परियाले डिबक्स भित्र पाएको उत्कृष्ट अवसर चुकाउन पुग्दा टिमले ३–० हार ब्यहोर्यो । मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले टिममा तालमेलको अभाव देखिएको प्रतिक्रिया दिए । पहिलो हाफको बराबरीपछि दोस्रो हाफमा आक्रामक खेल्ने रणनिति असफल भएको उनको भनाई थियो । 

टिमको जीतबाट खुशी देखिएका आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले आफ्नो खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । पहिलो हाफमा पाएको केही अवसर गुमाउन पुग्दा गोलका लागि दोस्रो हाफसम्म संघर्ष गर्नुपरेको क्षेत्रीको भनाई थियो । 

यसअघि प्रतियोगिताको उद्घाटन यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजनका सात र मोफसलका तीन गरी १० टिम सहभागी छन् । प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम नेपाल एपिएफ क्लब र बिशाल मेमोरियल फाउण्डेशन वीरगञ्जबीच खेल हुनेछ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.