कमाइ छैन रंगकर्ममा

कमाइ छैन रंगकर्ममा

 काठमाडौं : नाटक पुरानो श्रव्यदृश्य विधा अनि कलाको एउटा विशिष्ट माध्यम। यसमा अभिनय गर्ने रंगकर्मीको बेग्लै पहिचान छ। पछिल्लो समय मञ्चन भएका केही नाटक व्यावसायिक रूपमा पनि सफल देखिएका छन्। तर, यसमा काम गर्न कलाकार, प्राविधिक तथा लेखक निर्देशकहरूको कमाइ कस्तो छ त ? त्यो भने अहिलेसम्म यथार्थ रूपमा बाहिर आएको छैन। नेपालमा रंगकर्मीको पारि श्रमिक उनीहरूले अभिनय गरेको नाटकको आम्दानीमा निर्भर छ।

नाटक खेलेर आम्दानी किन हुन्न ?

मुख्य कुरा त नाटक नाफा घाटाको हिसाब गरेर बनाउने गरिँदैन। नाटकमा अभिनय गर्ने कलाकार होस् या निर्देशक उनीहरू आफ्नो रहर पूरा गर्न नाटक तयार गर्छन्। नाटक र अभिनयप्रतिको लगाव भएकाहरू मात्र यो क्षेत्रमा टिक्न सक्छन्। पैसा कमाउनभन्दा पनि समाजका घटनासँग प्रत्यक्ष संवाद गर्न र पात्रबीच सद्भाव बढाउन नाटक मञ्चन गरिने बताउँछन् रंगकमीहरू।

रंगकर्मी आफ्नो विधामा पोख्त हुनुपर्ने बताउछन् रंगकर्मी युवराज घिमिरे। एउटा कलाकारले अभिनयका साथै अन्य काम पनि सँगसँगै लैजान सक्छन्। विभिन्न समूहलाई अभिनय सिकाउने, स्कुल तथा कलेज पढाउने, अध्ययन अनुसन्धान र रिसर्च पनि गर्न सकिने बताउँछन् घिमिरे।

अभिनयका साथै योसँग जोडिएका अन्य काम पनि गर्न सक्ने रंगकर्मीले महिनामा ४०–५० हजार रुपैयाँ कमाउने बताउँछन्, रंगकर्मी राजन खतिवडा। खतिवडा थप्छन्, ‘विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्न सकिन्छ। एनजीओ आईएनजीओको सहयोगी भएर सडक नाटक प्रदशन गर्न सकिन्छ। फिल्म क्षेत्रमा जान पनि अहिले गतिलो प्लेटफर्म भएको छ रंगमञ्च।’ यसका साथै मण्डला थिएटरमा ठिकै चलेका नाटकका कलाकारलाई प्रतिनाटक १५ देखि २० हजार रुपैयाँसम्म पारि श्रमिक दिने गरेको उनले बताए।

‘नाटक खेल्नु भनेको काम मात्रै नभएर अभिनय सिक्ने अवसर पनि हो। अन्य क्षेत्र वा पेसामा दक्ष बन्न लाखांै लगानी गरेर पढ्नुपर्ने हुन्छ। प्राक्टिकल ज्ञानका लागि महिनौं फिल्डमा जानुपर्ने हुन्छ। त्यसमा सिकारुले कुनै पैसा पाएका हुन्नन्। अभिनय गर्दा आफूले सिकेको सीप र ज्ञान मूल्यांकन गर्ने हो भने प्रत्येक कलाकारको पारि श्रमिक हजारौंमा हुन्छ’, खतिवडाले भने।

अभिनय सिक्ने अवस्थामा खेलेका नाटकमा निश्चित रकम नपाए पनि उसको अभिनय क्षमता राम्रो देखियो भने जताततै माग हुने घिमिरेले दाबी गरे। साथै चलेका कलाकारले एउटै नाटकबाट पचासौं हजार रकम लिने गरेको पनि उनले बताए।

कुञ्ज थिएटरका सञ्चालक कमल ढकालले भने नाटकको नाफाका आधारमा कलाकारको पारि श्रमिक तय गरिने बताए। आफैंले नाटकमा लगानी गर्नेभन्दा पनि अन्य नाट्य समूहलाई हल भाडामा दिने गरेको उनले बताए। उनले ‘लिलामे माइलो’ नाटकमा मुख्य भूमिका निर्वाह गर्ने पात्रलाई २५ हजार रुपैयाँ पा िश्रमिक दिएको बताए। यस्तै अहिले चलिरहेको नाटक ‘बर्बरिक’का सम्पूर्ण कलाकारलाई खाने, बस्ने र यातायात खर्चसमेत कुञ्ज थिएटरले व्यवस्था गरेको बताए।

नाटक खेल्ने कलाकारले दिनको केही घण्टा मात्र दिए पुग्ने र अन्य समयमा धेरै काम गर्न सकिने भएकाले कलाकार नाटकको पारि श्रमिकमै भर पर्नुपर्ने अवस्था नरहेको निर्देशक टंक चौलागाईको ठम्याइ छ।

आफूले निर्माण गर्ने नाटकमा अभिनय गर्ने कलाकारको भूमिकालाई क, ख, ग, घ वर्गमा विभाजन गरी प्रत्येक सोको आठ सय, ६ सय, चार सय, दुई सय रुपैयाँ प्रदान गर्ने गरेको उनले बताए। यसका साथै सिनियर तथा पुराना कलाकारले भने एउटा नाटकबाट पाँच हजारभन्दा कम पारि श्रमिकमा काम नगर्ने उनको भनाइ छ।

नाटक मञ्चन गर्ने योजना बनाइसकेपछि पहिले थिएटरको भाडा अनि नाटकका लागि आवश्यक सामग्रीको जोहो गरेपछि कलाकारको पारि श्रमिकको टुंगो लगाएर मात्र काम सुरु गर्ने गरेको उनले बताए।

नाटकलाई कमर्सियल र टन्न नाफा हुने तरिकाले गर्न नसकिएको बताउँदै प्रतिनाटक एउटा कलाकारलाई सात सयभन्दा माथि पारि श्रमिक प्रदान गर्ने गरेको रंगकर्मी राज शाह बताउँछन्। पूर्वाभ्यासमा आउँदा गाडी भाडा र खाजा खर्च जोडेर एक महिनासम्म चल्ने नाटकमा कम्तीमा सात सयदेखि २५ हजारसम्म कलाकारका लागि खर्च हुन्छ।

सर्वनाम थिएटरको भाडा एक दिनको १० हजार लाग्छ। सर्वनाम थिएटरमा आबद्ध उनले सर्वनाममा अहिलेसम्म मञ्चन भएका नाटकमध्ये ‘जनयुद्ध जारी छ’ नाटकको लागत धेरै भएको जानकारी दिए। लागत बढी भएका नाटकमा थिएटर, निर्देशक तथा सबै कलाकारलाई घाटा हुन्छ। अहिलेसम्म थिएटर आफैंले उत्पादन गरेका नाटकले लगानी धान्दै आएको उनले बताए।

नाटकको मुख्य आम्दानी भनेको टिकट बिक्री नै हो। दर्शकले नाटक कति मन पराउँछन् र हलसम्म आउँछन्, कुनै टुंगो हँुदैन। हल भाडा, खाजा खर्च, सामग्रीलगायत शीर्षकमा खर्च हुन्छ।

केही देशमा सरकारले निश्चित रकम नाटकको क्षेत्रमा लगानी गरेको हुन्छ तर नेपाल सरकारले नाटकको विकासमा अहिलेसम्म कुनै ठोस कार्य नगरेको रंगकर्मीको गुनासो छ। सरकारी नाचघरमा व्यापारीका स्टल राखिएका छन्। नाचघरको एक दिनको भाडा एक लाख पर्छ, जुन निकै महँगो भएको र रंगकर्मीले बेहोर्न नसक्ने खतिवडाले बताए।

नेपालमा एनजीओ आईएनजीओले कला, संस्कृतिको क्षेत्रमा केही लगानी गर्दै आएका छन्। उनीहरूकै ‘थिम’मा काम गर्दा कलाकारलाई केही रकम प्राप्त हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.