२४ घण्टामा सात सय ६२ चालक कारबाहीमा

२४ घण्टामा सात सय ६२ चालक कारबाहीमा

विर्तामोड : झापासहित प्रदेश १ का सबै जिल्लामा एकसाथ सवारी चेक जाँच गर्दा २४ घण्टामा सात सय ६२ सवारी साधन कारबाहीमा परेका छन्।

 प्रदेश १ का सबै ट्राफिक प्रहरी कार्यालयले बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म गरे चेकजाँचका क्रममा यतिका सवारी कारबाहिमा परेको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

जसमा कागज पत्र साथमा नराखेको सबै भन्दा बढी १ सय ९६ जना कारबाहीमा परेको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए। 

उनका अनुसार चौबिस घण्टामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने  ३३ जना, मोटरसाइकलमा ३ जना चढेर यात्रा गर्ने १४  जना,  बिना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९, सवारी चालक अनुमति पत्र नभएका ४० जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने ३२ जना, जथाभावी पार्किङ्ग गर्ने १८ जना जनालाई कारबाही गरेको छ। 

यस्तै रोक्न निषेधमा सवारी साधन रोकेका ६१ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको पाँचजना, सुरक्षा पेटी नबाधेको १५ जना, हेल्मेटको फिता नबाधेको १२ जना, ट्राफिक ईशारा उल्लघंन गरेको १३ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको १८ जना, तिब्रगतिमा सवारी चलाएको २४ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको १४ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३२ जना, लापरबाही साथ सवारी साधन चलाएको १ सय २६ जना र बिना रुट परमिट सवारी चलाएको एक सवारी चालक तथा सवारी धनी ट्राफिक कारबाहीमा परेको उनको भनाइ छ। 

पक्राउ परेका सबैलाई जरिवाना काटी छाडिएको प्रसाईंले बताए। पछिल्लो समय सडक दुर्घटनाबाट धेरैले ज्यान गुमाउन थालेपछि ट्राफिक प्रहरीले प्रदेश १ का सबै जिल्लामा चौबिस घण्टे चेकजाँच सुरु गरेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.