विपक्षी नेताले फिर्ता गरे गाडी
बुटबल : पाँच नम्बर प्रदेशका प्रमुख विपक्षी दल नेपालली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी सचिवालयमा फिर्ता गरेका छन् । प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले अध्ययन थलिरहेकाले नैतिकताका आधारमा गाडी फिर्ता गरेको उनले बताए ।
शुक्रबार दिउसो प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई पोखरेलले चाबी र बिलबुक हस्तान्तरण गरेका हुन । यसअघि सार्बजनिक लेखा समितिका सभापति डिल्लीबहादृुर चौधरीले समेत गाडी फिर्ता गरिसकेका छन् ।
प्रदेश सभाले खरिद गरेका १३ गाडीमध्ये ११ वटामा अनियमितता भएको बताइएको छ । मन्त्रालयल र प्रदेश सभाले खरिद गरेको एउटै गाडीको मूल्यमा करिब सवा लाख रुपैयाँको अन्तर छ । ती गाडी उपभोक्ता मूल्यभन्दा झण्डै साढे चार लाख रुपैयाँले बढी छ । सोको छानबिनका लागि लेखाले उपसमिति गठन गरेको छ । समितिले छानबिनका क्रममा त्रुटि भएको बताएको छ । सो प्रतिवेदन शनिबार तयार गरी बुझाउने कार्यक्रम रहेको छ ।