गाडी खरिदमा ‘त्रुटि’ भेटियो

गाडी खरिदमा ‘त्रुटि’ भेटियो

बुटवल : प्रदेशसभाको गाडी खरिदमा त्रुटि भेटिएको छ । गाडी खरिदमा लाखौं घोटलाको आशंकामा प्रदेशको लेखा समितिले गरेको छानबिन गरेको हो । लेखा समितिले छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको थियो ।

सो समितिका एक सदस्य बैजनाथ कलवारले खरिद प्रक्रियामा त्रुटि भेटिएको बताए । ‘कस्ता त्रुटि भन्ने कुरा प्रतिवेदनमा लेखेका छौं ।’ समितिले शनिबार प्रतिवेदनलाई अन्तिम रूप दिँदै छ । प्रदेश सभाले खरिद गरेका ११ वटा र मन्त्रालयले खरिद गरेका ३ वटा गाडीका लाखौं घोटला भएको आशंका गरिएको छ । बजारमा बिक्री हुन छाडिसेकेका गाडीमा अनियमितता भएको समाचार प्रकाशित भएपछि छानबिन थालिएको थियो ।

प्रदेशसभाले खरिद गरेका १३ मध्ये ११ वटा गाडी खरिदमा अनियमितताको आशंका छ । सोही समयमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले समेत गाडी गरिद गरेका थिए । बजारमा ६८ लाख ५५ हजारमा बिक्री भइरहेको गाडीलाई मन्त्रालयले करिब ७३ लाख र प्रदेशसभाले ७२ लाखमा खरिद गरेका छन् । एउटै गाडी खरिदमा मन्त्रालय र प्रदेशसभाको मूल्य करिब एक लाखको अन्तर छ भने उपभोक्ता मूल्यभन्दा झण्डै साढे चार लाख महँगो परेको छ ।

मूल्यमा अन्तर परेको, एक महिना नुहँदै बिग्रिन थालेको र पहाडी क्षेत्रमा पिकअप नलिएको गाडी चढिरहेका संसदीय समितिका सभापतिले बताउँदै आएका छन् । प्रदेशसभाको बैठकमा समेत यसमाथि छानबिन गरि कारबाही गर्न माग गरिएको थियो ।

विपक्षी दलका नेताले फिर्ता गरे

गाडी खरिदमा घोटला भएको आशंकापछि पाच नम्बर प्रदेशका प्रमुख विपक्षी दल नेपालली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी सचिवालयमा फिर्ता गरेका छन् । प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले अध्ययन थलिरहेकाले नैतिकताका आधारमा गाडी फिर्ता गरेको उनले बताए ।

पोखरेलले शुक्रबार दिउसो प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई चाबी र बिलबुक हस्तान्तरण गरेका हुन । यसअघि सार्बजनिक लेखा समितिका सभापति डिल्लीबहादृुर चौधरीले समेत गाडी फिर्ता गरिसकेका छन् ।

गत भदौंमा प्रदेश सभाले टेण्डर आह्वान गरी १३ वटा गाडी खरिद गरेको थियो । त्यसमध्ये विपक्षी दलका नेता, उपसभामुख, समितिका सभापति र प्रमुख सचेतकता लागि खरिद भएका ११ वटा गाडीमा अनियमितता भएको आशंका गरिएको छ । विपक्षी दलका नेता पोखरेलले अनियमिततामाथिको छानबिनको अन्तिम टुंगो नलाग्दासम्म आफू गाडी नचढ्ने बताउदै फिर्ता गरेको बताए ।

‘समितिले छानबिन गरिरहदा मैले गाडी चढ्न नैतिकताले सुहाएन, उनले भने–‘छानबिन समितिले गल्ती भेट्याएन भने फेरि चढ्छु ।’ उनी प्रदेश सभा सचिवलाई गाडीको चाबी र बिलबुक बुझाएर अटो रिक्सामा फर्किएका थिए ।

सार्वजनिक लेखा समितिले गाडी खरिद छानबिन उपसमितिको प्रतिवेदनमाथि आइतबार छलफल गर्दैछ । समितिले शनिबार प्रतिवेदन तयारी गरी बुझाउने सदस्य कलवारले बताए । उपसमितिमा नेकपा सांसद कुलप्रसाद पोख्रेलको संयोजक, कांग्रेसका कलवार र राजपाका कल्पना पाण्डे सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.