दुई युवतीलाई खुकुरी हानेपछि आफ्नै घाँटी रेटी आत्महत्या

दुई युवतीलाई खुकुरी हानेपछि आफ्नै घाँटी रेटी आत्महत्या

बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिकामा दुई युवतीलाई खुकुरी प्रहार गर्ने व्याक्ति मृत भेटिएका छन्। अर्जुनधारा नगरपालिका १० चुथाई निवासी २४ वर्षीया जमुना ओझा र २१ वर्षीया बिना भारतीलाई घरमा सुतिरहेको अवस्थामा खडानन्द पौडेलले शनिबार बिहान खुकुरी प्रहार गरेका थिए। 

खुकुरी प्रहारपछि उनले पनि सोहि खुकुरीले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठकाअनुसार शनिबार बिहान साढे ५ बजे ओझा र भारतीलाई पौडेलले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारपछि पौडेलले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीको भनाइ छ। उनको लास जमुनाको घरबाट २० मिटर पर फेला परेको थियो।

खुकुरी प्रहारबाट घाइते भारती र ओझालाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल लगिएको छ। घाइते जमुना ओझाको दुबै कानको माथिपट्टि, निधारमा खुकुरीको चेट लागेको छ भने विना भारतीको दुवै हात, घाँटी र टाउकोमा चोट छ। 

घटना स्थलमा मृत फेला परेका पौडेललाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीको बताएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.