दाङमा बस दुर्घटना : २५ घाइते

दाङमा बस दुर्घटना : २५ घाइते

दाङ : दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर रहेको छ।  

तुलसीपुर बजारबाट तुलसीपुर १३ दमारगाउँमा यात्रु लिएर गएको स्थानीय रुटको बस राप्ती राजमार्गको उरहरीमा दुर्घटामा हुदा २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए।

शनिबार दिउँसो तुलसीपुरबाट दमारगाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्वरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए। 

बसमा सवार २५ जना यात्रुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए। बस सडक बाट पल्टिएको छ। घाइते २२ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने गम्भीर तीनजनालाई थप उपचारका लागि नेपालजञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.