त्रिभुवन आर्मीलाई मनमोहन कप

त्रिभुवन आर्मीलाई मनमोहन कप

इटहरी : त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ। फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधी जितेको हो। 

टस जितेर पहिलो ब्याटिङ थालेको त्रिभुवन आर्मीले ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो। आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्लले ४९ रन बनाए। टिमका लागि पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए।पुलिसका दिपेश श्रेष्ठले ३ र रामनरेश गिरीले २ विकेट लिएका थिए। 

२५० रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब १ सय ६६ रनमै अल आउट भयो। ४२ दशमलव ५ ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्र सिङ कार्कीले ५१ , हिमांसु दत्तले २९ र अमित श्रेष्ठले २५ रन जोडे। आर्मीका सहाब आलम र कुशल मल्लले ३–३ विकेट लिए।

विजेता त्रिभुवन आर्मी क्लबले ४ लाख १ हजार पुरस्कार पाएको थियो। भने उपविजेता नेपाल पुलिसले दुई लाख १ हजार रुपैँया पाएको छ।फाइनल खेलको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित भए। प्रतियोगितामा अनुशासित टिम प्रदेश नम्बर ७ बन्न सफल भयो।

यस्तै प्रतियोगिताका बेस्ट बलर पुलिसका सागर ढकाल, बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की घोषित भए। यस्तै पुलिसका दिलिप नाथ म्यान अफ द सिरिज चुनिएका छन्। उनले नगद ५१ हजार नगद प्राप्त गरे। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.