बाह्र वर्षमै उपन्यास

बाह्र वर्षमै उपन्यास

काठमाडौं : भूकम्पलगत्तै नेपालमा भारतले नाकाबन्दी लगायो। पेट्रोलियम पदार्थको हाहाकार हुँदा ११ वर्षीय अर्चितबाबु मर्सिफुललाई लाग्यो, ‘भविष्यमा पानीबाट चल्ने मोटरसाइकल बनाउँछु।’

विस्तारै युट्युबमा विज्ञानका कुरा खोज्दै गए अर्चित। अन्तरिक्षबारे पनि थाहा भयो उनलाई। अन्तरिक्षसँगै पृथ्वी कसरी बन्यो ? पृथ्वीमा मानव जातिको उत्पत्ति कसरी भयो ? यस्तै थुप्रै जिज्ञासाले उनलाई यसैबारे कथा लेख्ने उत्प्रेरणा जगायो। २०७४ सालको दसैंको फुर्सदमा दाजु विमल सुवेदीसँग बसेर उनले विदेशी लेखिका जेके रोलिङको ‘ह्यारी पोर्टर’ हेरे।

 आठ भागमा रहेको यसको पाँचवटा फिल्म एकै दिन हेरे। ध्यानपूर्वक हेरेपछि कथा लेख्न उनलाई कुनै कठिनाइ भएन। प्रेरणाका यिनै विविध स्रोतबाट लेखिएको कथा कथामै सीमित भएन। यसले उपन्यासको रूप लिन थाल्यो। विज्ञानका विषयहरूमा चासो लिने उनलाई लाग्यो, यसलाई उपन्यास बनाए अझ न्याय हुनेछ।

उसो त उनले ह्यारी पोर्टरमात्र होइन, अल्बर्ट आइन्स्टाइनको जीवनी, कलाको जित, पशुपन्छीको सहरभोज, साथी, चारखुट्टेको घरजमजस्ता नेपाली बालउपन्यास पनि अध्ययन गरे। कुनै पनि काममा सफल हुन ‘इच्छाशक्ति’ र ‘ध्यान’ आवश्यक हुन्छ। राम्रो काम गर्न ‘उमेर’ चाहिँदैन भन्ने पुष्टि अर्चितले मात्र होइन, धेरैले दिइसकेका छन्।

 उनले उपन्यास लेख्नुमात्र ठूलो कुरो भएन तर के कस्तो विषयमा कसरी लेखे ? उपन्यासको संरचनाभित्र लेखे लेखेनन् ? उनको कथाको विषय नेपाली समाजमा कसरी र के कारणले सही छ ? वा समाजको कुन क्षेत्र वा विषयसँग जोडिएको छ र निष्कर्ष के निकाल्न खोजिएको हो ? र त्यसले समाजलाई कस्तो प्रभाव पार्छ वा सन्देश दिन्छ ? सबै पक्ष विचारणीय छ। उनको बाह्रवर्षे उमेरले लेखेको उपन्यास ‘पञ्चमणि’ ले सम्भवत पाठकलाई सबै जवाफमात्र दिने छैन, साहित्यिक छलाङ मारेको पुष्टि हुन्छ।

‘पञ्चमणि’ मा पाँचवटा मणिका कुरा गरिएको छ, शक्तिमणि, नीलमणि, पारसमणि, नीलशक्तिमणि र प्रभामणि। उपन्यास विज्ञानसँगमात्र सम्बन्धित छैन। नेपाली राजनीतिसँग पनि जोडिएको छ। नेपाली राजनीतिक व्यवस्थाहरू र तिनको अभ्यास एवं प्रयोगहरूको सन्दर्भमा यो विषय जोडिएको छ।

 ‘पाँचवटै मणिको रचना हाम्रै राजनीतिक व्यवस्थाहरू र तिनका अभ्यासकर्ताहरूको निरन्तरको प्रतिस्पर्धा र शक्ति सम्बन्धहरूको प्रतिबिम्बन नै हो’, समालोचक डा. नेत्र एटमले भूमिकामा लेखेका छन्, ‘पहिला चार प्रकारका मणिहरूमा रहेको कमी कमजोरीलाई निमिट्यान्न पारेर नयाँ प्रकारको सर्वशक्तिमान प्रभामणि तयार पार्ने र त्यसको उपयोग केवल सत्चरित्रले मात्र गर्न सक्ने तुल्याउनु अनि त्यस्तो चरित्रले मात्र गर्न सक्ने तुल्याउनु अनि त्यस्तो चरित्रयुक्त मानवको प्रादुर्भाव नभइञ्जेल त्यसलाई सुरक्षित राख्ने व्यवस्था हुनुले यसमा महामानवताको प्राक्कल्पना सार्थक बनेको छ।’

बुवा दामु मर्सिफुल, आमा कविता उपाध्याय र ठूलोबुबा रमेश सुवेदी साहित्यकार भएकाले आफूलाई साहित्य सिर्जनामा पर्याप्त वातावरण बनेकाले उपन्यास लेखन सम्भव भएको अर्चितको भनाइ छ।

 विद्यालयका साथीभाइ सबैले साहित्य नबुझे पनि प्रिन्सिपल (होलिभिजन इङ्लिस बोर्डिङ स्कुल, लिवाङ, रोल्पा) ओम केसी पन्छीको सहयोग रहेको उनले बताए। ‘खासमा मैले कथा लेख्दै जाँदा उपन्यास बनेछ तर पाँच हजार शब्दको’, उनले भने, ‘प्रकाशन गर्ने कुरा आउँदा बढाउनु पर्ने भयो, अहिले करिब १३ हजार शब्दको पञ्चमणि बनेको छ।’

उपन्यासको अन्त्यतिर बनेको प्रभामणि बचाउने कुनै पात्र बचेका छैनन्। अर्थात् अर्चितले बचाउन सकेनन् वा चाहेनन्। पाठकको हातमा पुगेपछि विविध प्रतिक्रिया पाए उपन्यासकारले। सानैमा यत्रो लेखन गर्न सकेको, लेख्दै जानू, लेख्न नछोड्नू, अझ राम्रोसँग लेख्नुजस्ता प्रतिक्रियाले उनलाई सिर्जनामा जोश भरिएको छ।

 प्रिन्सिपल पन्छीले भूमिकामा लेखेका छन्, ‘साहसका साथै तीक्ष्ण बुद्धि भएका अर्चितले अद्भुत सिर्जना क्षमता देखाएर उपन्यास लेखेका छन्।’ उनमा चौतर्फी ज्ञानको भण्डार रहेको पन्छीको बुझाइ छ। ‘यी सबै सन्दर्भले पनि अब अर्को उपन्यास लेख्ने बहाना भनौं वा अवसर जुटेको छ’, उनले थपे, ‘अब मेघमानव उपन्यासको परिकल्पना गरेको छु।’ इन्ट्रो ः

‘पञ्चमणि’ मा पाँचवटा मणिका कुरा गरिएको छ, शक्तिमणि, नीलमणि, पारसमणि, नीलशक्तिमणि र प्रभामणि। उपन्यास विज्ञानसँगमात्र सम्बन्धित छैन। नेपाली राजनीतिसँग पनि जोडिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.