डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक स‌ंघको माग

डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक स‌ंघको माग

विराटनगर : नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाले अनसनरत डा. गोविन्द केसीको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै संघले उनको जीवन रक्षाको माग पनि गरेको छ।

संघका अध्यक्ष डा. फरवार्ड सिलवालले आइतबार जारी गरेको विज्ञप्तिमा केसीसँग सरकारले गरेका सम्झौता जति सक्दो चाँडो अक्षरश: कार्यान्वायन गर्न माग पनि गरिएको छ। केसीले १६ औं पटक अनसनमा बसेको १२ औं दिन बितिसक्दा पनि नेपाल सरकारले कुनै चासो नदेखाएको आरोप लगाइएको छ। 

केसीसँग गरिएका सम्झौतालाई सरकारले आफू अनुकूल व्याख्या गरेर भ्रम सिर्जना गर्न खोजेको भन्दै आफ्नो गम्भीर ध्यान आकर्षण भएको संघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

सरकार आफूले गरेका सम्झौता उल्लंघन गर्नतर्फ अग्रसर भएको भन्दै दुःख व्यक्त गरिएको छ। यस्ता परिपाटीले नेपाल सरकारको गरिमा र छविमाथि गम्भीर शंका उत्पन्न गराउँदा नेपालको समग्र चिकित्सा क्षेत्र स्तब्ध बन्नु परेको विज्ञप्तिमा जनाइएको छ।  

डा. सिलवालले डा. केसीसँगको सम्झौता यथाशीघ्र कार्यान्वायन नगरेको खण्डमा नेपाल चिकित्सक संघ केन्द्रीय समितिले चाल्ने जुनसुकै कदममा चिकित्सकले पूर्ण समर्थन गर्ने र त्यसबाट उपत्पन्न सबै परिस्थितीको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.